ऐतिहासिक परिवर्तनमा महिलाको भूमिका अतुलनीयः उपराष्ट्रपति « Khabarhub

ऐतिहासिक परिवर्तनमा महिलाको भूमिका अतुलनीयः उपराष्ट्रपति


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरु दृढ लाग्नुपर्ने बताएका छन् । राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको भएपनि अधिकार कार्यान्वयनमा भने चुनौती रहेको बताए ।

एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताए । उनले सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले आज राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको बताए । नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिलाको पहुँचलाई अझै विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालको समृद्धिका लागि महिला दिदी–बहिनी समृद्ध बन्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले महिला राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नहुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता उल्लेखनीय हुँदै गएकामा खुशी व्यक्त गर्दै महिलालाई थप जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्न नहुने धारणा राखिन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको पहिलो महिला ट्याम्पु चालक लक्ष्मी शर्मालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । त्यस्तै महिला सशक्तीकरण, उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला व्यक्तित्व विधाता श्रेष्ठ, कृष्णकुमारी पौड्याल, मीरा भट्टराई, शिवकुमारी डङ्गोल, सुलोचना श्रेष्ठ, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लाक्पा फुटी शेर्पालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : ४६ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन