बारा-पर्साका हावाहुरी पीडित घाइतेको अस्पतालमै बिचल्ली | Khabarhub Khabarhub

बारा-पर्साका हावाहुरी पीडित घाइतेको अस्पतालमै बिचल्ली


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ४५ वर्षिया धनदेवी बलायर ट्रमा सेन्टरको शैय्यामा छटपटाउँदै थिइन्। रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ। डाक्टरले भनेका थिए, ‘केही नखानू अप्रेशन गर्नु पर्छ।’ उनी अप्रेशन हुनेमा ढुक्क थिइन्। भोकै बसिन्। तर डाक्टर आएनन्।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेका बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृष्य देखिन्थ्यो। उपचार पाउन नसकेको भन्दै वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी समक्ष बिरामीहरु गुनासो गरिरहेका थिए। डा. सेन्चुरी निरिह र नाजवाफ देखिन्थे। डाक्टरहरु विहानैदेखि आन्दोलनमा उत्रिए। बिरामीलाई शल्यक्रिया गर्न गरेको वाचा विर्सिए। अप्रेशनको आसमा बसेका बिरामीलाई निरास बनाएको अन्नपूर्ण पोस्टमा खबर छ।

डोटी, शिख नगरपालिका -११की धनदेवीलाई काठमाडौं ल्याउन ४७ हजार खर्च भएको थियो। उनका श्रीमान धर्मसिंहले भने, ‘घरबाट दिपायलमा ल्याएर जँचाइयो। त्यहाँबाट कोहलपुर मेडिकल कलेज ल्याइयो। त्यहाँबाट फेरी काठमाडौं ल्याइयो। आइतबार बिहान अप्रेशन गर्ने भन्दै डाक्टरले वाचा गरेपछि पच्चिस हजारको सामान ल्याएका उनले बेड तल राखेका छन। ‘अप्रेशन गर्छु भनेका डाक्टर आएका थिए। बेहोस गराउने आएनन् भनेर फर्किए। अप्रेशन नहुने भएपछि कतिन्जेल भोकभोकै राख्ने ? दिउसो खुवाएँ,’ उनले भने।

पर्खालबाट लडेका कैलाली, टीकापुरका श्रवण सुनारको कानबाट रगत बगेको टाटा देखिन्थ्यो। उनी बोल्न समेत सकिरहेका थिएनन। मजदुरी गरेर परिवार पाल्दै आएका मिनबहादुर सुनार उपचारका लागि चन्दा लिएर आएका थिए। कोहलपुर मेडिकल कलेजका चिकित्सकले तुरुन्तै अप्रेशन गर्नु पर्छ भन्दै रेफर गरेका थिए। उनका बुवा मिनबहादुर भने, ‘यहाँ डाक्टर छैनन। तुरुन्तै काठमाडौं लगेर अप्रेशन गराउनु पर्छ भनेर अत्याएका थिए। यहाँ त डाक्टर नै हडतालमा उत्रेका रैछन।’

राष्ट्रिय चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र ट्रमा सेन्टरका डाक्टरले बहिरंग विभाग (ओपिडि)को टिकट दिन नै रोके। दिनहुँ झण्डै १८ शय बिरामीले ओपिडिमा सेवा लिन्थे। आइतबार ट्रमा सेन्टरमा ४१ जना बिरामीले आपतकालिन कक्षको टिकट लिएर उपचार गराए। अप्रेशन गर्नु पर्ने अवस्थाका बिरामी अलपत्र परे।

बिरामीलाई अलपत्र पारेर मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका चिकित्सक टहलिरहेका थिए। बिरामीका आफन्तहरु रुन्चे अनुहार लगाएका थिए। वीर अस्पतालका निर्देशक सेन्चुरी अन्यौलमा परे। ‘नयाँ बिरामीको लागि टिकट वितरण गर्न लाग्दा अवरोध भयो। ओपिडि टिकट दिइएन। प्रहरी लगाएर टिकट काट्ने व्यवस्था गर्न पनि अप्ठेरो भयो’, उनले भने। अस्पतालमा नियमित हुने २५ /३० अप्रेशन पनि भएनन्। उनले बन्द बाहेकका अन्य विकल्प अपनाउन सरकारी चिकित्सकलाई सुझाव दिए पनि सेवा सुचारु गराउन सकेनन्।

सीमाबाट भित्रिन्छ बर्डफ्लु शीर्षकको अर्को समाचारमा भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो। तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन।

चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए। कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ।

नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ। ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने, ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न।’

अन्डा पार्ने (लेयर्स) कखुरामा पनि बर्डफ्लु भेटिएको छ। यसअघि नेपालमा ब्रोइलर र स्थानीय जातका कुखुरामा मात्रै बर्डफ्लु देखिएको थियो। इतिहासमै पहिलो पटक लेयर्स कुखुरामा पनि बर्डफ्लुको संक्रमण भेटिएको पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलले बताए। सरकारले सूक्ष्म रूपमा यसको निगरानी र अध्ययन गरिरहेको उनको भनाइ छ।

हेटौंडा, काठमाडौंसँगै ललितपुर, भक्तपुर, कास्की, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण भेटिएको छ। बर्डफ्लु पुष्टि भएपछि विभागले चैत २ गते प्रभावित क्षेत्रमा सर्भिलेन्सको कामलाई निरन्तरता दिएको छ। यो सर्भिलेन्स अझै करिब तीन सातासम्म कायम रहने डा. निर्मलले बताए। बर्डफ्लुको संक्रमण कुन स्रोतबाट फैलिएको हो भन्ने विषयमा गहन अध्ययन भइरहेको विभागको दाबी छ। खुला सीमाका कारण भारतीय क्षेत्रबाट अवैध रूपमा आउने कुखुरा, चल्ला, अन्डा र दानाका साथै उडन्ते चरा आउनेजाने गरेका कारण बर्डफ्लुका जीवाणु कुनै न कुनै स्रोतबाट भित्रिएको हुन सक्ने विभागको ठम्याइ छ।

त्यस्तै पत्रिकाले निमित्तका भरका क्याम्पस, पब्जी गेम बन्द गरिदिन स्थानीयको प्रहरीसमक्ष गुहार, कमजोर बन्दै संवैधानिक आयोग, ओभर स्टे तीन लेवनानी पक्राउ, चैत ३० मा शोक घोषणालगायतका समाचार प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ३४ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश