कलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लियो « Khabarhub

कलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लियो


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्थान रोयल्सलाई पराजित गर्दै कलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । कलकत्ताले घरेलु टोली राजस्थानलाई उसकै घरेलु मैदान जयपुरमा ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभर पूरा खेल्दै ३ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि कलकत्ताले १ सय ४० रनको लक्ष्य पाएको थियो ।

राजस्थानले दिएको लक्ष्य पछ्याएको कलकत्ताले १३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कलकत्ताका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनमा कलकत्ता शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानविरुद्ध कलकत्ताका ओपनिङ ब्याट्सम्यान क्रिस लियनले अर्धशतक बनाए ।

उनले ३२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन पुरा गरे । त्यस्तै, सुनिल नारानेले २५ बल खेल्दै ६ चौका र ३ छक्काके मद्दतमा ४७ रन बनाए भने रोविन उथ्थपाले अविजित रहँदै २६ रन बनाउँदै टिमलाई जीत दिलाए । कलकत्ताविरुद्ध राजस्थानका श्रयस गोपालले २ विकेट लिनु बाहेक अन्यले विकेट खलिन सकेनन् ।

यसअघि पहिलो ब्याटिङ गरेको राजस्थानका लागि स्टेभन स्मिथले अर्धशतक पूरा गरेका थिए । उनले ५९ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए । स्मिथले ७३ रन बनाए पनि बलर नचल्दा उनको उत्कृष्ट ब्याटिङ छाँयामा पर्यो ।

यस्तै, जोस बट्लरले ३७ रन बनाउने क्रममा ५ चौका र १ छक्का प्रहार गरे । राजस्थानलाई १ सय ३९ रनमा रोक्न कलकत्ताका ह्यारी गुर्नेयले २ विकेट लिए भने प्रसिद्ध कृष्णले एक विकेट लिए ।

जीतसँगै कलकत्ता ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित राजस्थान सातौं स्थानमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ३० बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक