कलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लियो « Khabarhub

कलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लियो


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्थान रोयल्सलाई पराजित गर्दै कलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । कलकत्ताले घरेलु टोली राजस्थानलाई उसकै घरेलु मैदान जयपुरमा ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभर पूरा खेल्दै ३ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि कलकत्ताले १ सय ४० रनको लक्ष्य पाएको थियो ।

राजस्थानले दिएको लक्ष्य पछ्याएको कलकत्ताले १३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कलकत्ताका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनमा कलकत्ता शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानविरुद्ध कलकत्ताका ओपनिङ ब्याट्सम्यान क्रिस लियनले अर्धशतक बनाए ।

उनले ३२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन पुरा गरे । त्यस्तै, सुनिल नारानेले २५ बल खेल्दै ६ चौका र ३ छक्काके मद्दतमा ४७ रन बनाए भने रोविन उथ्थपाले अविजित रहँदै २६ रन बनाउँदै टिमलाई जीत दिलाए । कलकत्ताविरुद्ध राजस्थानका श्रयस गोपालले २ विकेट लिनु बाहेक अन्यले विकेट खलिन सकेनन् ।

यसअघि पहिलो ब्याटिङ गरेको राजस्थानका लागि स्टेभन स्मिथले अर्धशतक पूरा गरेका थिए । उनले ५९ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए । स्मिथले ७३ रन बनाए पनि बलर नचल्दा उनको उत्कृष्ट ब्याटिङ छाँयामा पर्यो ।

यस्तै, जोस बट्लरले ३७ रन बनाउने क्रममा ५ चौका र १ छक्का प्रहार गरे । राजस्थानलाई १ सय ३९ रनमा रोक्न कलकत्ताका ह्यारी गुर्नेयले २ विकेट लिए भने प्रसिद्ध कृष्णले एक विकेट लिए ।

जीतसँगै कलकत्ता ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित राजस्थान सातौं स्थानमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।