एफए कप : उपाधि भिडन्तमा सिटी र वाटफोर्ड « Khabarhub

एफए कप : उपाधि भिडन्तमा सिटी र वाटफोर्ड


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाटफोर्डका गेरार्ड ड्युलोफ्युले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई एफए कपको फाइनलमा पुर्‍याएका छन् । आइतबार राति भएको खेलमा वाटफोर्डले वोल्भरह्यामटोन वान्डेररर्सलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

ड्युलोफ्युले खेलको १०४ औं मिनेटमा गोल गर्दै टिमका लागि मत्वपूर्ण र व्यक्तिगत दोस्रो गोल गरे । यसअघि निर्धारित खेलको ९० मिनेटसम्म वाटफोर्ड र वोल्भरह्यामटनले २-२ गोल बराबरी खेलेपछि खेलमा ३० मिनेट थप गरिएको थियो ।

खेलको २६ औं मिनेटमा वोल्भरह्यामटोनका माट्ट दोहार्टीले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० पछि परेको वाटफोर्डविरुद्ध खेलको ६३ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए ।

२-० गोलले पछि परेको वाटफोर्डलाई खेलमा फर्काउन ड्युलोफ्युले ७९ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै टोरी डिन्नेले खेल २-२ को बराबरीमा पुर्याए ।

निर्धारित समयसम्म २—२ गोलको बराबरी भएपछि खेलमा ३० मिनेट थप गरीएको थियो । थप गरीएको समयमा गोल गर्दै ड्युलोफ्युले एफए कप उपाधिको लागि म्यान्चेस्टर सिटीसँग खेल्ने भएको छ । वाटफोर्डले यसअघि नै फाइनल प्रवेश गरीसकेको म्यान्चेस्टर सिटीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : १० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट