गैंडाको शिकार गर्न गएका शिकारी सिंहको आहारा बने « Khabarhub

गैंडाको शिकार गर्न गएका शिकारी सिंहको आहारा बने


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिका– दक्षिण अफ्रिकाको जंगलमा अवैधरुपमा गैंडाको शिकार गर्न गएका एक जना शिकारी हात्तीको आक्रमणबाट मारिएका छन् ।

शिकार गर्नको लागि जंगल छिरेको बेला जंगली हात्तिले कुल्चेर उनको मृत्यु भएको जनाइएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका उनलाई सिंहले खाएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

घटनाको दुई दिनपछि विहीबार मात्र उनको शरीको केही अवशेष र उनले लगाएको कपडामात्र फेला परेको थियो । मारिएका शिकारीका सहकर्मीले उनका परिवारलाई उनी हराएको जानकारी गराएका थिए ।

घटनाबारे थाहा पाएर गत मंगलबारबाट दक्षिण अफ्रिकाका बनपाले र केही सुरक्षाकर्मीले उनलाई खोज्ने अभियान शुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको कपडा र शवको अवशेष फेला परेको हो ।

‘घटनास्थलमा देखिएको अवशेषको विश्लेषणबाट उनको शव सिंहको समूहले खाएको संकेत देखिएको छ । घटनामा उनको कंकाल र उनले लगाएका कपडामात्र फेला परेको छ ।’ दक्षिण अफ्रिकाको राष्ट्रिय निकुञ्जका  अधिकारीले जनाएका छन् ।

दक्षिण अफ्रिकाको क्रुगेर राष्ट्रिय निकुञ्जमा २ हजारभन्दा धेरै सिंह रहेको बताइन्छ । क्रुगेर राष्ट्रिय निकुञ्जका अधिकारीले मृतकका परिवारप्रति श्रद्धाञ्जली दिएका छन् । यससँगै क्रुगेर राष्ट्रिय निकुञ्जले गैर कानूनी रुपमा निकुञ्ज प्रवेश नगर्न समेत आह्वान गरेको छ ।

त्यस्तै, शिकारीसँगै राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने उनका सहकर्मीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि चारजनाको समूहमा दक्षिण अफ्रिकाको क्रुगेर राष्ट्रिय निकुञ्जमा गैंडाको शिकार गर्ने उद्देश्यले गैरकानूनी रुपमा छिरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : २४ बजे

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा