गैंडाको शिकार गर्न गएका शिकारी सिंहको आहारा बने « Khabarhub

गैंडाको शिकार गर्न गएका शिकारी सिंहको आहारा बने


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिका– दक्षिण अफ्रिकाको जंगलमा अवैधरुपमा गैंडाको शिकार गर्न गएका एक जना शिकारी हात्तीको आक्रमणबाट मारिएका छन् ।

शिकार गर्नको लागि जंगल छिरेको बेला जंगली हात्तिले कुल्चेर उनको मृत्यु भएको जनाइएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका उनलाई सिंहले खाएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

घटनाको दुई दिनपछि विहीबार मात्र उनको शरीको केही अवशेष र उनले लगाएको कपडामात्र फेला परेको थियो । मारिएका शिकारीका सहकर्मीले उनका परिवारलाई उनी हराएको जानकारी गराएका थिए ।

घटनाबारे थाहा पाएर गत मंगलबारबाट दक्षिण अफ्रिकाका बनपाले र केही सुरक्षाकर्मीले उनलाई खोज्ने अभियान शुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको कपडा र शवको अवशेष फेला परेको हो ।

‘घटनास्थलमा देखिएको अवशेषको विश्लेषणबाट उनको शव सिंहको समूहले खाएको संकेत देखिएको छ । घटनामा उनको कंकाल र उनले लगाएका कपडामात्र फेला परेको छ ।’ दक्षिण अफ्रिकाको राष्ट्रिय निकुञ्जका  अधिकारीले जनाएका छन् ।

दक्षिण अफ्रिकाको क्रुगेर राष्ट्रिय निकुञ्जमा २ हजारभन्दा धेरै सिंह रहेको बताइन्छ । क्रुगेर राष्ट्रिय निकुञ्जका अधिकारीले मृतकका परिवारप्रति श्रद्धाञ्जली दिएका छन् । यससँगै क्रुगेर राष्ट्रिय निकुञ्जले गैर कानूनी रुपमा निकुञ्ज प्रवेश नगर्न समेत आह्वान गरेको छ ।

त्यस्तै, शिकारीसँगै राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने उनका सहकर्मीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि चारजनाको समूहमा दक्षिण अफ्रिकाको क्रुगेर राष्ट्रिय निकुञ्जमा गैंडाको शिकार गर्ने उद्देश्यले गैरकानूनी रुपमा छिरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : २४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र