घरको सम्पत्ति बेचेर, ऋण काढेर विदेश जाने युवा बढे « Khabarhub

घरको सम्पत्ति बेचेर, ऋण काढेर विदेश जाने युवा बढे


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम (पूर्व)- रोजगारीका लागि विदेश जाने युवाको संख्या बढ्न थालेको छ । धेरै युवाले घरको सम्पत्ति बेचेर वैदेशिक रोजगारी रोजेका छन् । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनौं युवा विदेशिइरहेका छन् ।

जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन् । कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन् । देशमै रोजगारको सिर्जना नहुँदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन् ।

जिल्लाका युवाको ठूलो हिस्सा श्रमका लागि अमेरिका पुगेका छन् । खाडी मुलुक साउदी, कतार, मलेशियालगायतका देशमा जाने युवाको जमातसमेत उत्तिकै छ । वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन् । खेतीपातीको काम पनि निकै प्रभावित भएको छ ।

गाउँमा जनशक्ति नहुँदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन् । मन्त्रिपरिषद्को बैठकले रुकुम (पूर्व)लाई गत वर्ष भदौ ५ गते छुट्टै जिल्लाको रूपमा मान्यता दिएको थियो भने असोज १९ गते जिल्ला प्रशासन कार्यालयलगायत अन्य कार्यालयको उद्घाटन गरिएको थियो । यस अवधिमा कार्यालयको तथ्याङकअनुसार एक हजार ९ सय ५५ ले राहदानी लिएका छन् । यस आर्थिक वर्ष सकिने बेलासम्म जिल्लाबाट राहदानी लिनेको सङ्ख्या २ हजार ५ सय नाघेको अनुमान कार्यालयले गरेको छ ।

विदेश जाने अधिकांश २० देखि ३५ वर्ष उमेरसमूहका युवा रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । जिल्ला प्रशासनको तथ्याङ्कअनुसार २०७४ मा १ हजार १ सय २७ ले राहदानी बनाएका छन् । यस वर्षको फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ८ सय २८ ले राहदानी लिएका छन् । कार्यालयबाट दैनिक ८ देखि १० जनाले राहदानी लिने गरेको प्रजिअ शर्माले बताए । जिल्लाबाट महिनामा २५/३० को सङ्ख्यामा राहदानी बनाएर काम खोज्दै अन्य मुलुक जाँदा गाउँ सुनसान बन्दै गएको हो ।

युवा पलायनको यो दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ । चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । सिस्ने गाउँपालिकाका स्थानीयवासी भाष्कर रेउलेले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेको बताए।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ३१ बजे

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई