सेवा निवृत्त हुन २ दिन बाँकी हुँदा घुससहित पक्राउ « Khabarhub

सेवा निवृत्त हुन २ दिन बाँकी हुँदा घुससहित पक्राउ


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको इटहरी कार्यालयको टोलीले उनलाई सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै रंगेहात पक्राउ गरेको हो ।

कार्यालय खुल्ने समयभन्दा एक घण्टा अगावै बिहान नौं बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिँदा–लिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी मण्डल ५८ वर्षे सेवा अवधी पुरागरी दुई दिनपछि नै सेवा निवृत्त हुन लागेका थिए ।

‘मोही जग्गा सम्बन्धी विवाद मिलाई दिन्छु भन्दै एक सेवाग्राहीसँग नासु मण्डलले घुस मागेको सूचना आएपछि निगरानी थालिएको थियो ।’ अख्तियारका एक पदाधिकारीले भने, ‘निगरानी कै क्रममा सेवाग्राहीसँग ४० हजार घुस लिए लगत्तै मण्डललाई नियन्त्रणमा लिएका हौं ।’
थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मण्डललाई सोमबार नै क्षेत्रीय कार्यालय इटहरी लगिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : ०० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको