पाक्नै लागेको गहुँबाली असिनाले नष्ट « Khabarhub

पाक्नै लागेको गहुँबाली असिनाले नष्ट


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- विभिन्न स्थानमा परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । रुकुमका अधिकांश ठाउँमा दोस्रोपटक परेको असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूललाई ठूलो क्षति पुर्‍याएको छ ।

यस वर्ष समय-समयमा हिउँदे वर्षा हुँदा हिउँदे बालीको उत्पादनमा वृद्धि हुने आशामा बसेका किसान चिन्तित बनेका छन् । असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूलमा ठूलो क्षति पुर्‍याएको किसान टेकप्रसाद रोकाले बताए । ‘सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँबाली राम्रो भएको थियो’, रोकाले भने, ‘खेतबारी नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप बनाइदियो ।’ पाक्नै लागेको गहुँबाली र फुल्नै लागेका फलफूलमा असिनाले ठूलो क्षति पुर्‍याएको किसान बताउँछन् ।

फुल्दै गरेको सुन्तला, मौसम, कागती, आलुबखडा, नास्पातीलगायतका सबै फलफूलमा क्षति पुर्‍याएको छ । त्यसैगरी गहुँ पाक्नै लाग्दा असिना परेपछि उत्पादनमा कमी आउने भन्दै जिल्लावासी चिन्तित बनेका छन् । सिस्ने गाउँपालिका–५ का किसान प्रकाश विसी भन्छन्,”‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छ बाबुको अनुहार’ भनेजस्तै पसिना बगाउँदै परिश्रम गर्‍यो, फल पाउने बेलामा सबै असिनाले लगिदियो ।” कृषिमै निर्भर रहेका जिल्लावासी चैतभित्र दुई पटक परेको असिनाले बालीनालीमा क्षति पुर्‍याउँदा निराश बनेका हुन् ।

जिल्लामा कूल क्षेत्रफलको ४ हजार २ सय हेक्टर क्षेत्रफल जमीनमा गहुँ उत्पादन हुँदै आएको छ भने सिस्ने गाउँपालिकाको ७ र ८ नं वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । तर यहाँका कुनै पनि किसानले बाली बीमा गरेका छैनन् । त्यसैले वर्षेनी विभिन्न कारणले बालीनालीमा क्षति पुगे पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । किसानले बाली बीमा नगरेकै कारण क्षतिपूर्ति पाउन नसकेको कृषि शाखा कार्यालय रुकुमकोटले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ४४ बजे

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको