बस दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु, ३ जना गम्भीर घाइते « Khabarhub

बस दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु, ३ जना गम्भीर घाइते


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् ।

दुर्घटनामा परी बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको मलेसियास्थित नेपाली  दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते भएका अन्य ३ नेपालीको उपचार भइरहेको दूतावासले जनाएको छ ।

घटनाका बारेमा बुझ्न दूतवासको टोली अस्पतालमा पुगेको छ । दुर्घटनामा घाइते भएकोको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको दूतवासले जानकारी दिएको छ ।

नेपाली, बाङ्लादेशी र इन्डोनेशियन कामदार चढेको गाडी विमानस्थल नजिकै सेपाअङ ठाउँमा दुर्घटनामा परेको थियो ।

८ जना विदेशी कामदार र चालकको घटनास्थलमा नै ज्यान गएको थियो भने थप एकजना विदेशी कामदारको अस्पतालमा उपचारका क्रममा ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

४३ जना सवार बस पानीको निकासको नालामा खसेर दुर्घटना भएको जनाइएको छ। घाइते भएका ३० भन्दा बढीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : ५१ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको