पाण्डवहरुको गुप्तवाससँग जोडिएको चैती छठ, यसरी मनाइन्छ मिथिलाञ्चलमा « Khabarhub

पाण्डवहरुको गुप्तवाससँग जोडिएको चैती छठ, यसरी मनाइन्छ मिथिलाञ्चलमा


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगञ्ज– मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ ।

लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ ।

चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ । सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैतीछठ सम्पन्न गरिने परम्परा रहेको छ ।

चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने गरिन्छ । व्रती महिलाबाट सो दिन भोजनमा माछामासु, लसुनप्याज, कोदो, मसुरोजस्ता वस्तुहरु परित्याग गरी यसै दिनदेखि व्रत बस्न शुरु गरिनछ ।

पर्वको दोस्रो दिन अर्थात् चतुर्थीको दिनलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ । गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् ।

राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सो खीर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । यस दिनदेखि व्रती महिला पूर्णव्रत लिनुपर्ने परम्परा रहेको व्रती महिला सुधा कर्णको भनाइ छ ।

व्रतको तेस्रो दिन पञ्चमी तिथिका दिन गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट बनेको पिठोबाट विभिन्न प्रकारको प्रसाद बनाइन्छ ।

सोही दिन विभिन्न प्रकारको प्रसादसहित नजिकको पोखरी, तलाउमा गएर सूर्य देवतालाई सन्ध्या अर्घ्य दिइन्छ । भोलिपल्ट पर्वको अन्तिम दिनलाई पारन भन्ने गरिन्छ । षष्ठीको दिन एकाबिहानै सूर्य देवतालाई बिहानीको अघ्र्य दिएर यो पर्व सम्पन्न गरिन्छ ।

महाभारतअनुसार द्रौपदीसहित पाण्डव गुप्तवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको पाइन्छ । त्यस्तै सूर्य पुराणअनुसार अनसूयाले छठव्रत बस्दा उनको अटल शौभाग्य र मनोकांक्षा पूरा भएपछि छठपर्व गर्ने परम्परा शुरु भएको मान्यता रहिआएको छ ।

शाम्ब पुराणअनुसार आफ्नै पिता भगवान् कृष्ण तथा महर्षि दुर्वासा ऋषिको सरापबाट कुष्ठरोगपीडित शाम्बले सूर्यको आराधना गरेपछि सो रोगबाट मुक्त भएको भनाइ रहेको छ । भनिन्छ सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासना गरेपछि मुक्ति पाएका थिए ।

छठपर्व मनाउनुको पछाडि वैज्ञानिक र ज्योतिष मान्यता रहिआएको बताइन्छ । यो पर्व गर्दा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । मिथिला क्षेत्रमा यो पर्वको तयारी एक महीना पहिलेदेखि गर्न थालिन्छ ।

पहिले–पहिले चैतीछठ मानिसले नगण्यमात्रामा मनाउने गर्दथे तर पछिल्ला वर्षमा चैतीछठ गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : ०५ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि