प्रदीप जी, अब त सोच्नैपर्ने बेला आएन र ? « Khabarhub

प्रदीप जी, अब त सोच्नैपर्ने बेला आएन र ?


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्कालाई चकलेटी र हलमा दर्शक ल्याउने ल्याकत भएका कलाकार भनेर धेरैले उचाले । चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ ले व्यावसायिक रुपमा सफलता हासिल पनि गरे । त्यसपछिका उनका फिल्मले भने खासै कमाल गर्न सकेका छैनन् ।

यसअघि उनले अभिनय गरेको फिल्म ‘रोज’ पनि व्यावसायिक रुपमा असफल भएपछि प्रदीप खड्काले मिडियामा केही कुरामा चुकेको भन्दै आफ्नो बचाउ गरेर अरूलाई दोष थोपरेका थिए । उनले त्यतिबेलै भनेका थिए, ‘फिल्म मेरो कारणले मात्र चल्दैन, फिल्म चल्नका लागि पूरै टिमको भूमिका हुन्छ ।’

मिडियामा उनले आफू फिल्म ‘रोज’ मा चुकेको पनि स्वीकारेका थिए । लगत्तै उनले ‘लभ स्टेशन’ साइन गरेका थिए । यो फिल्ममा उनले जसिता गुरुङसँग जोडी बाँधे । प्रदीप र जसिताको जोडी यसअघि फिल्म ‘लिलिबिली’ मा पनि थियो । जसकारण प्रदीपसँगै जसिताको पनि चर्चा भइरहेको थियो ।

दर्शकलाई मात्र होइन, फिल्ममेकरलाई ‘लभ स्टेशन’ फिल्म राम्रो बन्छ भन्ने लागेको थियो । किनकि, प्रदीपले फिल्म ‘रोज’ मा ठक्कर खाएपछि पक्कै बुझेका छन् भन्ने धेरैलाई लागेको थियो ।

तर, फिल्म रिलिज भएपछि थाहा भयो, यो फिल्म चोरीको कथामा बनेको रहेछ । फिल्म रिलिजकै दिनदेखि यही कमजोरीमा टेकेर समीक्षकले प्रदीप खड्कामाथि प्रहार गरे । फिल्ममाथि पनि प्रहार गरे ।

अहिले भने प्रदीप खड्काले अर्को तर्क गर्दै आएका छन् । उनले के भनेका छन् भने, फिल्मको समीक्षा रिलिजको एक हप्तापछि हुनुपर्छ ।

के यो सही हुन्छ ?

यसबाट के बुझिन्छ भने प्रदीप खड्का अझै पनि दर्शकलाई झुक्याउन चाहन्छन् । तर, विश्वभरिको ट्रेण्डअनुसार फिल्मको समीक्षा शनिबारसम्म आइपुग्छ । कुनै फिल्मको समीक्षा त रिलिजअघि नै हुन्छ । समीक्षाले दर्शकलाई सिनेमा हेर्न जाने र नजाने निर्णय गर्न पनि सजिलो हुन्छ ।

होला, फिल्म ‘लभ स्टेशन’ को कथा चोरी भएपनि नेपाली दर्शकले थाहा पाउँदैनन् भन्ने भ्रम थियो होला तर नेपाली दर्शक यति एडभान्स भइसकेका छन् कि, उनीहरुले छिनभरमै फिल्मको मूल्यांकन गर्न सक्छन् । यो कुरा प्रदीपले मात्र होइन, पूरै टिमले बुझ्नुपर्छ ।

दर्शकहरुले भन्न थालिसकेका छन्, ‘प्रदीप जी, तपाईं जत्तिको बुझ्ने र दर्शकको विश्वास जितेको कलाकारले पनि फिल्ममाथि आएका टिप्पणी नपचाउने र नसुध्रने हो भने तपाईंलाई भोलिका दिनमा आफ्नो करिअरमै ठेस लाग्छ भनेर सोच्नुभएको छ ? अब त एकपटक ‘कुल’ भएर सोच्ने पो हो कि ?’

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : २३ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा