राजधानी कब्जा गर्ने सैनिक अभियानका क्रममा लिबियामा भिडन्त, ४६ जना मारिए « Khabarhub

राजधानी कब्जा गर्ने सैनिक अभियानका क्रममा लिबियामा भिडन्त, ४६ जना मारिए


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तार नेतृत्वको सैनिक सरकार र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारप्रति वफादार सेनाबीच भिडन्त भएको छ ।

मुलुकको अधिकांश भूभाग कब्जा गर्दै राजधानी त्रिपोलीतर्फ अघि बढिरहेको हफ्तार नेतृत्वको सैनिक सरकारका फौज र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाबीच राजधानी त्रिपोली वरपर रहेको क्षेत्रमा भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिडन्तमा ४६ जना माएिका छन् ।

भिडन्तका क्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनातर्फ ३२ जनाको ज्यान गएको छ भने हफ्तार नेतृत्वको सरकारप्रति वफादार सेनातर्फ १४ सैनिकको ज्यान गएको बताइएको छ । आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् ।

पछिल्लो समय हफ्तार नेतृत्वको सरकारले पूरै लिबियाली भूभागमा आफ्नो नियन्त्रण स्थापना गर्ने उद्देश्यले अघि बढिरहेको छ । निकै सानो भू–भागमा मात्र आफ्नो प्रशासन चलाउने क्षमता रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाली सरकार भने हफ्तारको आक्रमणको प्रतिकार गर्न निरिह रहेको भन्ने आलोचना समेत शुरु भएको बताइएको छ ।

यस्तो अवस्थामा धेरैवटा गुट उपगुटमा विभाजित त्रिपोलीका लडाकुलाई फकाउने र आफ्नो पक्षमा परी हफ्तार नेतृत्वको फौजले त्रिपोलीमा आफ्नो पकड अझ मजबुत बनाउन खोजिरहेको बताइन्छ ।

अन्तर्राष्ट्रिय रुपमा सघन कुटनीतिक कदमहरु चालिएपनि पछिल्लो समय लिबियामा भिडन्तहरु भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै संयुक्त राष्ट्रसंघका महानसचिव एन्टोनियो गुटरेजले लिबियाको भ्रमण गरी दुबै पक्षलाई हिंसा अन्त्य गर्न आह्वान गरेका थिए ।

तत्कालीन लिबियाली शासक मोअम्मर गद्धाफीको शासन पतन भएपछि राजनीतिक तथा क्षेत्रीय प्रभावका विषयलाई लिएर लिबियामा विभिन्न समूह, गुट र उपगुटबीच भिडन्त हुँदै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ३ : २२ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा