तपाईंको परिवारमा जेष्ठ नागरिकलाई अल्जाइमर छ कि ? यसरी चिन्नुहाेस् « Khabarhub

तपाईंको परिवारमा जेष्ठ नागरिकलाई अल्जाइमर छ कि ? यसरी चिन्नुहाेस्


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंको घरमा ६० वर्ष नाघेका बुबाआमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने उहाँहरुको स्वभाव कस्तो छ ? केही समय अघि भनेको कुरा एकैछिनमा विर्सने र एउटै कुरा बारम्बार सोधिरहने बानी उहाँहरुमा छ ?

यदि तपाईंको परिवारमा हुनुभएका जेष्ठनागरिकमा यस्तो बानी छ भने, यो बानी होइन रोग हो ।

पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्धावस्थामा पुगेपछि धेरैमा विर्सने समस्या हुन्छ । जसलाई मेडिकलको भाषामा अल्जाइमर भनिन्छ । अल्जाइमरको विषयमा जानकारी नहुँदा धेरै जेष्ठ नागरिकहरुले उपचार नै नपाइ कनाहकमा ज्यान गुमाइरहेका छन् ।

अल्जाइमर भएका जेष्ठ नागरिकलाई बुढेसकालमा हुने सामान्य समस्या सोचेर उनका परिवारले स्वास्थ्यमा ध्यान नदिँदा अल्जाइमर भएका वृद्धवृद्धाहरु झनै कमजोर बन्छन् ।

नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमर रोग रहेको अल्जाइमर विस्मृति समाज नेपालको अध्ययनले जनाएको छ । पाटन अस्पतालका जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलका अनुसार अल्जाइमरका बिरामीमा ३ चरणको लक्षण देखिन्छ ।

पहिलो चरणका लक्षणहरु यी हुन्

–खाना खाएको बिर्सने,

–एउटै कुरा दोहोर्‍याइ रहने,

–जटिल शब्दहरु सम्झन नसक्ने,

–एकोहोरो हुने,

–अरुसँग घुलमिल हुन नचाहने ।

दोस्रो चरणको लक्षण

– आफू हिडेको बाटो बिर्सने,

– नियमित भेट हुने आफन्त र परिवारका सदस्यलाई नचिन्ने,

– अनावश्यक शंका गर्ने,

– आफ्नै अनुहार ऐनामा हेर्दा आफैलाई नचिन्ने,

– केही समय अघि सिकेका वा जानेका कुराहरु विर्सने,

– निन्द्रामा समस्या हुने, निन्द्रामै हिँड्ने,

– राम्रो, नराम्रो र खतराका वस्तु पहिचान गर्न नसक्ने,

– अस्पष्ट वाक्य बोल्ने, बेसुराका कुरा गर्ने,

– रिस, चिन्ता, शंका बढी गर्ने ।

अन्तिम चरणका लक्षण

– पहिलो र दोस्रो चरणको समस्याहरु बढ्दै जाने,

– आपत्तिजनक काम र व्यवहार गर्ने,

– अश्लिल शब्दहरु बोल्ने,

– कुरा नबुझ्ने,

– समवेदना गुमाउने,

– वजन कम हुँदै जाने,

– परिवार, आफन्त र साथीहरुलाई नचिन्ने,

– दैनिक क्रियाकलाप गर्न नसक्ने,

– खानेकुरा चपाउँन र निल्न नसक्ने,

– ओछ्यानमा थला पर्ने,

– दिसापिसाबको नियन्त्रण गर्न नसक्ने,

– मानसिक सन्तुलन घुमाउने ।

त्यसैले अल्जाइमर हुँदा बुढेसकालको समान्य समस्या भनेर बस्नु हुँदैन । अल्जाइमर भएका बिरामीले आफन्तको केयर र औषधि उपचार पाएमा १० देखि १५ वर्ष सम्म बढी समय बाँच्न सक्छन् । त्यसैले अल्झाइमर भएका जेष्ठ नागरिक विशेष हेरचाह गर्नुपर्छ ।

अल्जाइमरका बिरामीको यसरी गर्नुस् केयर

– अल्जाइमर हुने जोखिमलाई कम गर्ने,

– सामाजिक कार्यमा जेष्ठ नागरिकलाई सहभागी गराउने,

– योगा तथा शारीरिक व्यायाम गर्ने,

– जेष्ठ नागरिकले सोधेको कुरामा राम्रोसँग जवाफ दिने,

–वृद्धवृद्धालाई पोषिलो खाना खुवाउने,

– सरसफाइ र हेरचाहमा विषेश ध्यान दिने ।

अल्जाइमरको खतराबाट यसरी जोगिनुस्

–मुटुलाई स्वास्थ्य राख्नुस्,

– शरीरलाइ क्रियाशील बनाउँनुस्,

– सन्तुलित, पोषिला खाना खाने,

– मस्तिष्कलाई चुनौतीदिने प्रयास गर्ने,

– समाजिक कार्यमा सहभागि हुने ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : २१ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका