राहुल द्रवीडले गरे मेस्सीको प्रशंसा, खेल हेर्न सपरिवार पुगे मैदान | Khabarhub Khabarhub

राहुल द्रवीडले गरे मेस्सीको प्रशंसा, खेल हेर्न सपरिवार पुगे मैदान


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय यु—१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी राहुल द्रवीडले विश्व चर्चीत फुटबल खेलाडी लियोनल मेस्सीको प्रसंशा गरेका छन् ।

आइतबार राति ला लिगामा भएको बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेल द्रवीडले लाइभ हेरेपछि उनले मेस्सीको प्रसंशा गरेका हुन् ।
स्पेन भ्रमणमा रहेका राहुलले क्याम्पा नाउमा भएको खेल हेर्न सपरिवार स्टेडियम पुगेका थिए ।

बार्सिलोनाले भारतीय टोलीबाट ३ पटक विश्वकप क्रिकेट खेलेका उनलाई बार्सिलोनाको टि—सर्टमा राहुल द्रवीडको नाम लेखेको टि—सर्ट सहित तस्विर सार्वजनिक गरेको छ ।

खेलपछि राहुलले बार्सिलोनासँग आफूले सधै क्याम्पा नाउमा बसेर लाइभ फुटबल हेर्न चाहेको बताउँदै त्यो चाहना पुरा भएको बताएका छन् ।
उनले आफ्ना लागि राम्रो अनुभव समेत बनेको बताए । त्यस्तै, उनले मेस्सीले जति राम्रो मैदानमा खेल प्रदर्शन गर्छन् त्यतिकै मैदान बाहिर पनि असल खेलाडी व्यत्तित्व भएको बताए ।

“यो अविश्वसनीय रह्यो । लियोनल मेस्सी र लुइस स्वारेजको खेल प्रत्यक्ष हेर्ने हरेकले चाहेका हुन्छन् जुन अवसर मैले र मेरो परिवारले पायो । यो अवसर पाउँदा खुशी लागेको छ । यस्तो सत्कारका लागि बार्सिलोना परिवारलाई धन्यवाद,” राहुलले अगाडि भने, भारतको एक नम्बर खेलका रुपमा रहेको क्रिकेटमा हामीले आईपीएल र टेस्टमा राम्रो दर्शकको साथ पाउँछौं र अहिले केही वर्षयता फुटबलले पनि भारतमा राम्रो माहोल बनाउँदै गएको छ ।”

राहुलले भारतका लागि सबै फम्र्याटमा गरी अन्तर्राष्ट्रिय खेलमा २४ हजार २ सय ८ रन बनाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ४ : १० बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर