विगतमा लोडसेडिङ गर्नेहरु सल्बलाए : कुलमान घिसिङ  | Khabarhub Khabarhub

विगतमा लोडसेडिङ गर्नेहरु सल्बलाए : कुलमान घिसिङ 


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दाबी गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोडसेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्राधिकरणलाई कमजोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु हो हुन ? भन्ने विषय आफूहरुलाई थाहा भएको पनि बताए । आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको पनि स्पष्ट पारेका छन् ।

उनले आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानविन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको पनि स्पष्ट पारे । कार्यकारी निर्देशक घिसिङले आगामी चार वर्ष भित्र सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको पनि बताए ।

उनले त्यसका लागि अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोसी–५ जलविद्युत आयोजनाको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई अझै गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : ०४ बजे

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई

सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?

काठमाडौं– नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध