गृह मन्त्रालयका २३ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए « Khabarhub

गृह मन्त्रालयका २३ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गृह मन्त्रालयले आफू मातहतका कार्यालयअन्तर्गत कार्यरत २३ जना उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी)का अधिकृतको सरुवा गरेको छ ।

गृह मन्त्रालयले सोमबार २३ जना उपसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयले उपसचिवको सरुवा गरेसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि फेरिएका छन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र दोलखाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

गृह मन्त्रालयले बाजुराको प्रमुख जिल्ला अधिकारीमा गंगा प्रसाद न्यौपानेलाई खटाएको छ भने भोजपुरको सीडीओमा नुरहरी खतिवडाको सरुवा गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रसुवाको नयाँ सीडीओमा अर्जुन भण्डारी खटाइएका छन् भने रामेछापमा लिला कुमारी केसी (पाण्डे)को सरुवा भएको छ ।

संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा जीवन प्रसाद दुलाल खटाइँदा दोलखाको सीडीओमा खगेन्द्र प्रसाद रिजाललाई सरुवा गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कामु प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको गृह मन्त्रालयमा सरुवा हुँदा उनको ठाउँमा गृह मन्त्रालयबाट गोमादेवी चेम्जोङलाई खटाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ०५ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड