शाहरुख खानले छोडे ‘डन ३’ « Khabarhub

शाहरुख खानले छोडे ‘डन ३’


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानका फिल्मले पछिल्लो समय खासै सफलता पाएका छैनन् । फिल्म ‘जिरो’ को असफलतापछि उनी अघिल्लो प्रोजेक्टलाई लिएर निकै नै सचेत देखिएका छन् ।

यतिबेला खबर आएको छ कि, आफ्नो हिट फ्रेन्चाइज फिल्म ‘डन ३’ बाट शाहरुखले हात झिकेका छन् । निर्माताले यो फिल्ममा शाहरुख खानको ठाउँमा रणवीर सिंहलाई लिने योजना बनाइरहेका छन् ।

भारतीय मिडियाका अनुसार शाहरुखले निजी कारण देखाउँदै ‘डन ३’ छोडेका हुन् । यसपछि जोया अख्तर प्रोडक्सन मुख्य अभिनेताको खोजीमा छ । जोया अख्तरले यो फिल्ममा आफ्ना फेबरेट एक्टर रणवीर सिंहलाई कास्ट गर्ने कोशिश गरिरहेकी छिन् । समाचारका अनुसार दुवैको यसबारेमा छलफल पनि भइसकेको छ ।

जोयाको निर्देशनमा रणवीरले यसअघि दुईपटक काम गरिसकेका छन् ।

यो फिल्मका लागि फिमेल लिडमा क्याटरिना कैफको नाम आइरहेको छ । फिल्मको पहिलो र दोस्रो भागमा प्रियंका चोपडा र शाहरुख खान लिड रोलमा थिए । सन् २०११ मा रिलिज भएको ‘डन २’ मा शाहरुख खान, प्रियंका चोपडा र लारा दत्तले मुख्य भूमिका निभाएका थिए ।

अब भने ‘डन ३’ मा को कलाकार मुख्य भूमिकामा चयन होलान् भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ३३ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर