सेनाले प्रहरीमाथि हवाई फायर गरेपछि… « Khabarhub

सेनाले प्रहरीमाथि हवाई फायर गरेपछि…


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान– सरकारविरुद्ध प्रदर्शन गरेका प्रदर्शनकारीलाई प्रहरी र सुरक्षाकर्मीले तितरबितर पार्ने क्रममा सेनाले हस्तक्षेप गरी प्रदर्शनकारीलाई जोगाएको छ ।

राजधानीमा रहेको रक्षामन्त्रलय अगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीविरुद्ध प्रहरी र गुप्तचर प्रहरीले अश्रुग्यास प्रहार गरेको थिया ।

घटना अफ्रिकी मुलुक सुडानको हो, जहाँ राजधानी खार्तुममा रहेको रक्षा मन्त्रालय अगाडि प्रदर्शनकारी सरकारको विरोधमा प्रदर्शन गरिरहेका थिए ।

तर, रक्षा मन्त्रालयमा पहरा दिइरहेका सेनाले प्रदर्शनकारीलाई जोगाउन प्रहरीतर्फ लक्षित गर्दै चेतावनीस्वरुप हवाई फायर गरेका थिए ।

सेनाले हवाई फायर गरेपछि प्रहरी फर्केर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनमा ३ हजारभन्दा धेरै प्रदर्शनकारी सहभागी रहेको बताइएको छ । प्रदर्शनमा भएको मानवीय क्षतिबारे भने केही खुलाइएको छैन ।

तर, सरकारले भने समाचारको खण्डन गर्दै रक्षामन्त्रालयल अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई लखेट्न सेनाले समेत साथ दिएको जनाएको छ ।

सुडान सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री हसन इस्माइलले प्रदर्शनकारीलाई रक्षामन्त्रालयबाट हटाउन सेनाले समेत साथ दिएको जनाएका छन् । सन् १९८९ मा सैन्य कुमार्फत् सत्तामा आएका सुडानका राष्ट्रपति ओमर अल बसिरको सत्ताविरुद्ध पछिल्ला केही महिनायता प्रदर्शन जारी छ ।

अर्को अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले तीब्र प्रदर्शनपछि राजीनामा दिन बाध्य भएकाले सुडानका प्रदर्शनकारी पनि उत्साहित भएर प्रदर्शन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ५६ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख