रोकिराखेको सेनाको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

रोकिराखेको सेनाको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको हो ।

चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो ।

मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : ०६ बजे

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ ।

टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ?

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय