असनवासीको चित्कार कसले सुन्ने ? « Khabarhub

असनवासीको चित्कार कसले सुन्ने ?


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असनको वायुदेवता गुठी घर भोगचलन कसले गर्ने भन्ने विवादमा परेको छ । यो श्री ५ रणवहादुर शाहको पालाबाट शुरु भएको घटना हो । काठमाडौंको मुख्य केन्द्रका रुपमा रहेको असनको श्री ५ को वायुदेवता गुठी घर कसरी र कसले भोगचलन गर्ने भन्ने विवाद बढेको हो।

८ आना ३ दाममा वनेको घर सहितको चोक १४ घरपरिवारको गुजाराको आधार थियो । तालुकदार चौतारियाहरु २०३३ साल अघिनै खारेज भए । यो सँगै त्यही घरमा पसल राखेर घरव्यबहार चलाइरहेका उनीहरु तालुकदार खारेज भएपनि खुसी भएका थिए । दैनिकी गुजारा गर्न व्यापार नै उपयुक्त हुने उनीहरुको ठहर थियो ।

तर तत्कालीन लीलाविक्रम शाहले तालुकदार आफु रहेको दाबी गरे । शाहले छुट गुठीको नाममा नक्सानै पास गरेर ल्याएपछि समस्या आएको गुठी घरमा पसल चलाउने सञ्जीव बज्राचार्य भन्छन ।

यो भवमा पहिला दादुरा रोग लागेकालाई बस्ने व्यवस्था थियो । दादुरा पीडितकै लाग रणवहादुर शाहको पालामा यो घर बनाइएको थियो । दरवारमा कसैको मृत्यु भए उसको वायुशान्ति गर्ने तथा दरवारकै सुशारेहरुलाई राख्ने पनि गरिन्थ्यो ।

राजाका पालामा बनेको घरको समस्या गणतन्त्र आएसँगै समाप्त हुने अनुमान गरिएको थियो । तर, गणतन्त्रसँगै भवनको अधिकारका विषयमा विवाद बढेको छ । चौतारिहरुले नै भवन कब्जा गरेपछि समस्या बढेको हो ।

सर्वोच्च अदालत र गुठी संस्थानले घर खाली गर्न वडा नं २५ लाई सूचना पठाएको छ । यसले यही भवनबाट रोजिरोटीको जोहो गर्दै आएकालाई समस्या पर्ने बज्रचार्यले बताए ।

बज्राचार्य भन्छन-‘भूकम्पले जीर्ण भएका कारण भन्ने वहानामा बज्रयोगीनी सहकारीलाई २५ वर्ष भाडामा दिने योजना गरेछन ,हामी चै के गरेर गरी खाने । यो जनताको सरकार हाम्रो कुरा सुन्न तयार छैन ? ‘

राजा बीरेन्द्रले पनि हुकुमप्रमागीं गरी बसी आएकालाई मर्का नपर्ने गरी भूवहाल उठाई पूजाआजा गरी बॉकी रहेको शेषकसर बॉडीचुडी खानु भन्ने प्रमाण पनि यतिबेला आएर लत्याउने काम भएको उनको आरोप छ।

‘हाम्रो गरिखाने ठाउ हडप्ने काम हुदैछ , जनताको सरकार मौन छ हामीले गुहार कता माग्ने । यतिखेर घर खाली गर्न र छोड्न ताकेता छ हामी छोड्दैनौ जे परे पनि बेहोरौला,’ बज्राचायले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : २४ बजे

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार