‘मलाईं पाँच जनाले बलात्कार गर्दा छेउमा पतिलाई कुटिरहेका थिए’ « Khabarhub

‘मलाईं पाँच जनाले बलात्कार गर्दा छेउमा पतिलाई कुटिरहेका थिए’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–भारतको राजस्थानस्थित अलवरमा पतिको अगाडि पत्नीको सामूहिक बलात्कारको घटना सार्वजनिक भएपछि भारतभर हंगामा भएको छ । सामूहिक बलात्कारको शिकार भएकी महिलाले आरोपीमाथि फाँसीको सजाय माग गरेकी छिन् ।

पीडितले भनिन्,‘उनीहरुले मेरो गलामा हात राखेर घिसारे , कुटपिट गरे । मेरो कपडा च्याति दिए र त्यसपछि बलात्कार गरे, उनीहरुलाई फाँसी हुनुपर्छ’ भारतीय अनलाइन आजतकले पीडितको भनाइ उदृत गर्दै लेखेको छ ।

प्रहरीमा दर्ता गरिएको उजुरी(एफआइआर) का अनुसार घटना २६ अप्रिलको हो । दिउँसो तीन बजे को समयमा महिला पतिका साथ मोटरसाइलमा बसेर गइरहेकी थिइन् । त्यससमय उनीहरुलाई मुख ढाकेका केहीले नियन्त्रणमा लिए । दुई जनाले पतिलाई पिटिरहे र उनको अगाडि नै पत्निलाई तीन जनाले बलात्कार गरे । पछि बाँकी रहेका दुई जनाले पनि बलात्कार गरेका थिए ।

राजस्थान प्रहरीका महानिर्देशक कफिल गर्गका अनुसार २६ अप्रिलमा भएको सामूहिक बलात्कारको आरोपमा पाँच मध्येका एक जनालाई पक्राउ गरिएको छ र अन्यको खोजी कार्य जारी छ । राज्य सरकारले पीडितलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन जारी गरेको छ ।

आरोपीले घटनाका क्रममा भिडियो पनि बनाएका थिए र पछि उक्त भिडियोलाई उनीहरुले भाइरल बनाएका छन् । आरोपीले प्रहरीलाई भनेको खण्डमा हत्या गर्ने धम्की दिएका थिए । पीडित महिलाका पतिका अनुसार ‘ग्याङ रेपमा सहभागी एक व्यक्तिले लिडरको जस्तो व्यवहार गरेको थियो उसले पत्नीका साथ दुईपटक बलात्कार गरेको थियो ।’

प्रहरीले बलात्कारमा संलग्न एक जनालाई इन्दराज गुर्जरको कोटपुतलीबाट गिरफ्तार गरेको छ । प्रहरीले अन्य आरोपीको खोजीको लागी १४ जनाको टीम गठन गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ०७ बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी