‘मलाईं पाँच जनाले बलात्कार गर्दा छेउमा पतिलाई कुटिरहेका थिए’ « Khabarhub

‘मलाईं पाँच जनाले बलात्कार गर्दा छेउमा पतिलाई कुटिरहेका थिए’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–भारतको राजस्थानस्थित अलवरमा पतिको अगाडि पत्नीको सामूहिक बलात्कारको घटना सार्वजनिक भएपछि भारतभर हंगामा भएको छ । सामूहिक बलात्कारको शिकार भएकी महिलाले आरोपीमाथि फाँसीको सजाय माग गरेकी छिन् ।

पीडितले भनिन्,‘उनीहरुले मेरो गलामा हात राखेर घिसारे , कुटपिट गरे । मेरो कपडा च्याति दिए र त्यसपछि बलात्कार गरे, उनीहरुलाई फाँसी हुनुपर्छ’ भारतीय अनलाइन आजतकले पीडितको भनाइ उदृत गर्दै लेखेको छ ।

प्रहरीमा दर्ता गरिएको उजुरी(एफआइआर) का अनुसार घटना २६ अप्रिलको हो । दिउँसो तीन बजे को समयमा महिला पतिका साथ मोटरसाइलमा बसेर गइरहेकी थिइन् । त्यससमय उनीहरुलाई मुख ढाकेका केहीले नियन्त्रणमा लिए । दुई जनाले पतिलाई पिटिरहे र उनको अगाडि नै पत्निलाई तीन जनाले बलात्कार गरे । पछि बाँकी रहेका दुई जनाले पनि बलात्कार गरेका थिए ।

राजस्थान प्रहरीका महानिर्देशक कफिल गर्गका अनुसार २६ अप्रिलमा भएको सामूहिक बलात्कारको आरोपमा पाँच मध्येका एक जनालाई पक्राउ गरिएको छ र अन्यको खोजी कार्य जारी छ । राज्य सरकारले पीडितलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन जारी गरेको छ ।

आरोपीले घटनाका क्रममा भिडियो पनि बनाएका थिए र पछि उक्त भिडियोलाई उनीहरुले भाइरल बनाएका छन् । आरोपीले प्रहरीलाई भनेको खण्डमा हत्या गर्ने धम्की दिएका थिए । पीडित महिलाका पतिका अनुसार ‘ग्याङ रेपमा सहभागी एक व्यक्तिले लिडरको जस्तो व्यवहार गरेको थियो उसले पत्नीका साथ दुईपटक बलात्कार गरेको थियो ।’

प्रहरीले बलात्कारमा संलग्न एक जनालाई इन्दराज गुर्जरको कोटपुतलीबाट गिरफ्तार गरेको छ । प्रहरीले अन्य आरोपीको खोजीको लागी १४ जनाको टीम गठन गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ०७ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति