मृत्युदण्ड पाएर पनि बाँचेकी पाकिस्तानी महिला क्यानाडा पुगिन् « Khabarhub

मृत्युदण्ड पाएर पनि बाँचेकी पाकिस्तानी महिला क्यानाडा पुगिन्


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा ईश निन्दाको अभियोगमा मृत्युदण्डको सजाय पाएर पनि छुटेकी इसाई महिला आशिया बिबी क्यानाडा पुगेकी छिन्पा।

किस्तानमा रहेका उनका वकिललाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मृत्युदण्डको सजाय पाएर सर्वोच्च अदालतको आदेशपश्चात छुटेकी बिबी क्यानाडा पुगेको जनाएका हुन् ।

पाकिस्तानी अधिकारीले पनि बिबीले पाकिस्तान छाडेको जनाएका छन् । यद्यपि पाकिस्तानी अधिकारीले उनले कहिले पाकिस्तान छाडेकी र हाल कहाँ छिन् भन्ने केही खुलाएका छैनन् । बिबीका दुई छोरी पनि क्यानाडामै रहेको बताइएको छ ।

पाकिस्तानमा उनको सुरक्षामा निकै ठूलो चुनौति रहेको भन्दै सुरक्षाका लागि उनलाई क्यानाडा लगिएको बताइएको छ ।

सन् २००९ मा सामान्य विवादमा आशिया बिबीले इस्लाम धर्मका प्रवर्तक मोहम्मदको निन्दा गरेको अभियोग लागेको थियो । यसै अभियोगमा सन् २०१० मा उनलाई दोषी ठहर गरिएको थियो ।

यद्यपि अघिल्लो वर्ष पाकिस्तानको सर्वोच्च अदालतले उनको मृत्युदण्डको फैसलालाई उल्ट्याउँदै उनलाई सफाई दिएको थियो ।

पाकिस्तानी समाजलाई नै दुई चिरामा विभाजित गरिदिएको सर्वोच्च अदालतको उक्त फैसलापछि पाकिस्तानी समाजको कट्टर इस्लामिक तप्काले मुलुकमा ईश निन्दा कानूनको कठोर पालना हुनुपर्ने आवाज चर्काएका थिए भने उदारवादीले आधुनिक समयमा ईश निन्दा कानूनको औचित्य नभएको तर्क गर्दै आएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : ३० बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई