नर्सिङ संघमा ताला लगाउने नर्सहरु पक्राउ « Khabarhub

नर्सिङ संघमा ताला लगाउने नर्सहरु पक्राउ


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालयमा  शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका धर्नामा बसेका नर्सहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

४ दिनअघिदेखि संघमा धर्ना दिएर बसेका नर्सहरुले संघकी अध्यक्ष तारा पोखरेललाई कार्यालय भित्र छिर्न नदिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका केन्द्रका ६ जना नर्सहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । ७ वर्षदेखि अंग प्रत्यारोपण केन्द्रमा करारमा काम गरिरहेका नर्सहरुले आफूलाई अन्याय भएको र न्यायका लागि संघमा कुरा राख्दा संघका पदाधिकारीले आफूहरुको कुरा नसुनेकाले  धर्नामा बसेको बताएका छन् । मानअंग प्रत्यारोपणका ९६ जना नर्सहरु लामो समयदेखि आन्दोलित छन् ।

यता संघकी अध्यक्ष तारा पोखरेलले भने उनीहरुकै माग सम्बोधनका लागि विभिन्न निकायमा छलफल र प्रयासहरु भइरहेको बताएकी छन् । आफूले जायज माग सम्बोधनका लागि पहल गर्दा पनि नर्सहरुले संघमै ताला लगाएपछि प्रहरीले नियन्त्रणमा लिएको पोखरेलले बताइन् ।

उनले भनिन्, ‘हामीले उहाँहरुकै माग सम्बोधनका लागि निरन्तर पहल गरिरहेका छौं तर हामीलाई संघभित्र काम गर्ने वातावरण नभएपछि प्रहरीले उहाँहरुलाई प्रक्राउ गरेको हो ।’ आइतबारदेखि संघमा नर्सहरुले धर्ना शुरु गरेपछि संघको कार्यलय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ०६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल