नर्सिङ संघमा ताला लगाउने नर्सहरु पक्राउ | Khabarhub Khabarhub

नर्सिङ संघमा ताला लगाउने नर्सहरु पक्राउ


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालयमा  शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका धर्नामा बसेका नर्सहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

४ दिनअघिदेखि संघमा धर्ना दिएर बसेका नर्सहरुले संघकी अध्यक्ष तारा पोखरेललाई कार्यालय भित्र छिर्न नदिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका केन्द्रका ६ जना नर्सहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । ७ वर्षदेखि अंग प्रत्यारोपण केन्द्रमा करारमा काम गरिरहेका नर्सहरुले आफूलाई अन्याय भएको र न्यायका लागि संघमा कुरा राख्दा संघका पदाधिकारीले आफूहरुको कुरा नसुनेकाले  धर्नामा बसेको बताएका छन् । मानअंग प्रत्यारोपणका ९६ जना नर्सहरु लामो समयदेखि आन्दोलित छन् ।

यता संघकी अध्यक्ष तारा पोखरेलले भने उनीहरुकै माग सम्बोधनका लागि विभिन्न निकायमा छलफल र प्रयासहरु भइरहेको बताएकी छन् । आफूले जायज माग सम्बोधनका लागि पहल गर्दा पनि नर्सहरुले संघमै ताला लगाएपछि प्रहरीले नियन्त्रणमा लिएको पोखरेलले बताइन् ।

उनले भनिन्, ‘हामीले उहाँहरुकै माग सम्बोधनका लागि निरन्तर पहल गरिरहेका छौं तर हामीलाई संघभित्र काम गर्ने वातावरण नभएपछि प्रहरीले उहाँहरुलाई प्रक्राउ गरेको हो ।’ आइतबारदेखि संघमा नर्सहरुले धर्ना शुरु गरेपछि संघको कार्यलय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ०६ बजे

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत