अमेरिकाले भेनेजुएलाका लागि ‘नौसैनिक अस्पताल’ पठाउने « Khabarhub

अमेरिकाले भेनेजुएलाका लागि ‘नौसैनिक अस्पताल’ पठाउने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– पछिल्लो समय राजनीतिक संकटमा फसिरहेको ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकाले नौसैनिक अस्पताल पठाउने भएको छ ।

कोलम्बियाकी उपराष्ट्रपति मार्था लुसिया रामिरेजसँगको भेटवार्तापछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनहनले भेनेजुएलामा मानवीय संकट उत्पन्न भएकाले त्यहाँका जनतालाई सहयोग गर्नका लागि युएसएस कम्फर्ट नामक नौसैनिक अस्पताल पठाउन लागिएको जनाएका हुन् ।

आगामी जुन महिनाबाट भर्जिनिया राज्यको नोरफोकमा रहेको नौसैनिक अखडाबाट युएसएस कम्फर्टलाई क्यारिबियन, मध्य अमेरिका तथा दक्षिण अमेरिकातर्फ पठाइने जनाएका हुन् ।

यो नौसैनिक अस्पतालको अभियान ५ महिनाका लागि निर्धारण गरिएको सनहनको भनाइ छ । यो नौसैनिक अस्पताललाई स्थान दिने मुलुकहरुको नाम पछि सार्वजनिक गरिने बताइएको छ ।

पछिल्लो समय समाजवादी राष्ट्रपति निकोलस मादुरोको कार्यकालमा भेनेजुएलामा मानवीय संकट उत्पन्न भएको बताइन्छ । गत जनवरी २३ मा त्यहाँका विपक्षी नेता हुआँ गुआइदोले आफैंलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट बढ्दै गएको छ ।

गुआइदोलाई अमेरिकासहित पश्चिमा तथा केही ल्याटिन अमेरिकी मुलुकले समर्थन गर्दै आएका छन् भने मादुरालाई रुस र चीनसहित अन्य ल्याटिन अमेरिकाका बामपन्थी सरकार रहेका मुलुकहरुले सार्थन गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको