अनुहारको अग्रभागमा दिमाग भएको अनौठो बालक जन्मियो | Khabarhub Khabarhub

अनुहारको अग्रभागमा दिमाग भएको अनौठो बालक जन्मियो


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा अनुहारकोबीच भागमा दिमाग भएको एक बालकको जन्म भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको बादिन गाउँमा ८ महिना अघि जन्मेका बालकको अनुहारको अगाडिको भागबाट दिमाग बाहिर निस्केको हो ।

शुरुमा सानो मासुको डल्लोजस्तो देखिएकोमा बालकको उमेर बढ्दै गएपछि मासुको डल्लो पनि बढ्दै गएको हो । ८ महिनाका बालक डाइमा माङ्ग्रियोलाई अनुहारको अग्रभागमा दिमाग रहेकाले निकै पीडा हुने गरेको र डाक्टरसँग नियमित परामर्शमा छन् ।

टेनिस बलको आकारमा अनुहारको अगाडि रहेको दिमागले उनको आँखा समेत छोप्न थालेको र यसबाट बालकलाई सानो उमेरमै ठूलो समस्या पर्दै आएको स्थानीय समाचारमा जनाइएको छ ।

उनका आमाबाबुले कराँचीमा रहेको जिन्नाह अस्पतालमा उपचारका लागि लिएर जाने गरेको र यसबाट उनको परिवारले जीवनभर कमाएर जोगाएको सबै सम्पत्ति सकिसकेको छ ।

डाक्टरले भने उनको उपचार शल्यक्रियाबाट मात्र सम्भव रहेको तर बालकको उमेर निकै कम रहेकाले उनको शल्यक्रिया सफल हुने वा नहुने अनिश्चित रहेको जनाएका छन् ।

बच्चामा हुने यस्तो अवस्थालाई एनसाफालोकेल भन्ने गरिएको र यो निकै दुर्लभ हुने गरेको बताइन्छ । बच्चामा यस्तो अवस्था कसरी आउँछ भन्ने स्पष्ट नभएपनि गर्भवती भएको अवस्थामा फोलिक एसिड सेवन गर्ने महिलाले यस्तो अवस्थाका बच्चा जन्माउने सम्भावना कम हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ०२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले