बेलायती राजकुमार ह्यारी र मेघनले सार्वजनिक गरे नवजात शिशु « Khabarhub

बेलायती राजकुमार ह्यारी र मेघनले सार्वजनिक गरे नवजात शिशु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– गत सोमबार पुत्रलाभ भएका बेलायती राजकुमार तथा राजकुमारीले शिशुलाई सार्वजनिक गरेका छन् । बेलायत राजकुमार ड्युक अफ ससेक्स ह्यारी तथा डचेस अफ ससेक्स मेगनले बेलायतको विण्डसर दरबारमा रहेको सेन्ट जर्जको हलमा नवजात शिशुलाई सञ्चारमाध्यमका अगाडि सार्वजनिक गरेका हुन् ।

आफ्नो परिवारमा नयाँ सदस्यको आगमन जादूजस्तै भएको राजकुमारी मेगनले बताएकी छिन् । शिशुलाई जन्म दिँदा आफू निकै हर्षित भएको समेत उनको भनाइ छ । उनले छोराको जन्म ‘सपनाजस्तै’ भएको जनाएकी छिन् । राजकुमार ह्यारीले पनि छोरालाई जन्म दिँदा आफू निकै हर्षित भएको तथा छोराको हेरचाह र रेखदेखका लागि आफूले पर्याप्त समय दिन चाहेको बताएका छन् ।

अब नवजात शिशुलाई लिएर आफूहरु महारानी तथा शिशुकी बुढी हजुरआमा एलिजावेथ कहाँ जाने उनीहरुले जनाएका छन् । गत सोमबार सबेरै जन्म भएको छोराको नाम भने हालसम्म राखिएको छैन । नवजात शिशु बेलायती राजगद्दीको उत्तराधिकारीको रोल क्रममा सातौं नम्बरमा आउने छन् ।

यो पनि पढ्नुस्

नेपाली मन पराउने बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : ०९ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार