बेलायती राजपरिवारका नयाँ सदस्यको नाम राखियो ‘आर्ची’ « Khabarhub

बेलायती राजपरिवारका नयाँ सदस्यको नाम राखियो ‘आर्ची’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती राजपरिवारमा गत सोमबार आगमन भएको शिशुको नाम ‘आर्ची’ राखिएको छ । बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारी तथा डचेस अफ ससेक्स मेगनले गत सोमबार जन्म दिएको शिशुको नाम ‘आर्ची’ राखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अब ती शिशुको पूरा नाम आर्ची ह्यारिसन माउण्टबटेन विण्डसर हुनेछ । बेलायती महारानी एलिजाबेथ तथा उनका पति ड्युक अफ एडिनबर्गले विण्डसर दरबारमा शिशुलाई हेरेपछि नाम तय गरिएको हो ।

यसअघि राजकुमार तथा राजकुमारीले शिशुलाई विण्डसर दरबारमा पहिलोपटक सञ्चारमाध्यमसमक्ष सार्वजनिक गरेका थिए । गत सोमबार बिहान ५ बजेर २६ मिनेटमा जन्मेको शिशु तथा आमा दुबै स्वस्थ रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ४७ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार