१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन « Khabarhub

१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- गतवर्ष असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएर रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यहि नम्बरबाट दैनिक फोन आउन थाल्यो । शुरुशुरुमामा धेरै कुराकानी नभए पनि पछि फोनमै चिजान भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् ।

कुराकानी हुदैँ गर्दा उनीहरु बिवाह गर्नेसम्मको स्थिीतिमा पुगे । र बैशाख १३ गते बिवाह गरे । बिवाह गर्दा सुनिल १७ वर्षक थिए भने रीता जम्मा १३ वर्षकी । उनीहरुले भागेर विबाह गरे । बिवाह गरेको तीनदिनसम्म त रीताकी आमालाएै छोरीको बिवाह भएको कुरा थाहा नै थिएन । उमेर सानो भएपछि बिवाहपछि रीताको जिम्मेवारी बढ्न थाल्यो । उनले सकिनसकि त्यो जिम्मेवारी पुरा गरिरहेकी थिइन् ।

गत असोज ३ गते रीता र सुनिल बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । श्रीमानत नआएपछि रीताले घाँसको भारी पु¥याएर घर फर्किइन् । घरमा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाउँदा श्रीमानको आवाज नआएपछि उनी आत्तिइन् । झ्यालबाट कोठामा चिहाउँदा उनी छाँगाबाट खसेझैँ भइन् । त्यहाँ रीताका पति सुनिलले आत्महत्या गरिसकेका रैछन् ।

श्रीमानको मृत्युपछि रीता अहिले एकल जीवन बिताइरहेकी छन् । समाजमा पनि उनलाई ‘अलच्छिनी’ भन्दै घृणा गर्न थाले । रीता र सुनिलको बिवाह दर्ता भने भएको छैन । कानुनअनुसार उनीहरुको बिवाहक भएको देखिदैँन तर सामाजिक रुपमा भने भइसकेको छ । रीता १३ वर्षमानै एकल महिला बनेकी छन् । पतिको मृत्युपछि रीता माइत फर्केर ८ कक्षाको पढाई पुनः शुरु गरेकी छन् ।, नागरिक दैनिकमा समाचार छ

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : ४५ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने