‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ लामिछाने र खत्रीलाई | Khabarhub Khabarhub

‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ लामिछाने र खत्रीलाई


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय समाचार समिति ९रासस० कर्मचारी सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ यस वर्ष समितिका अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाप्रमुख सोमनाथ लामिछाने र सङ्घका पूर्वअध्यक्ष केशव खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सङ्घको बुधबार बसेको बैठकले उक्त पुरस्कार उहाँहरुलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष मनोजकुमार लामिछानेले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रू पाँच हजार एक र सम्मानपत्र रहेको छ ।

सम्पादक लामिछाने विगत २४ वर्षदेखि राससमा समाचार सङ्कलन, समाचार सम्पादन र प्रशासन प्रमुख भई सेवा गरिसक्नुभएको भने चालक खत्री २३ वर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ ।

उक्त पुरस्कार राससको आगामी फागुन ७ गते ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ । राससमा लामो समय सेवा गर्नुभएका यात्रीको स्मृतिमा रासस कर्मचारी सङ्घले २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : १२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका