घट्यो विश्वभर आत्महत्या दर : विश्व स्वास्थ्य संगठन | Khabarhub Khabarhub

घट्यो विश्वभर आत्महत्या दर : विश्व स्वास्थ्य संगठन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस, फ्रान्स- सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ ।

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ ।

बीएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । सन् १९९० को तुलनामा यो ६ दशमलब ७ प्रतिशतको वृद्धि हो ।

तर, विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्याको आकारका दृष्टिबाट आत्महत्याको दरमा प्रति एक लाख मृत्यु १६.६ प्रतिशतबाट घटेर ११.२ प्रतिशत भएको छ । जनसख्या वृद्धि र मृत्युको अनुपातको तथ्याँक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी भएको छ ।

“आत्महत्याबाट हुने मृत्युलाई रोक्न सकिन्छ र यो अध्ययनले आत्महत्या रोकथामका लागि भइरहेका प्रयत्नलाई अझ व्यापक बनाउन सुझाव दिएको छ,” क्यानाडेली जनस्वास्थ्य निकायकी अनुसन्धान वैज्ञानिक हिथर ओर्पानाले बताउनुभयो ।

हेल्थ एन्ड मेट्रिक्स इभालुएसन इन्स्टिच्यूटले हरेक वर्ष मृत्युको कारण, स्थान, उमेर तथा लिङ्गको समग्र अध्ययन गरी ग्लोबल बर्डेन अफ डिजिज अर्थात् मृत्युको कारणहरुको विश्लेषण गर्दछ ।

आत्महत्याका कारण हुने मृत्युका घटनामा समग्रमा कमी आएको देखिए पनि केही मुलुकमा आत्महत्याबाट धेरैले ज्यान गुमाउने गरेको पाइएको अध्ययनले देखाएको छ ।

साथै, महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । “पुरुषको मृत्युदर नै बढी देखिएको छ तर उमेर, र कतिपय सन्दर्भमा देश अनुसार यसमा विभिन्नता पाइन्छ,” ओर्पानाले बताउनुभयो ।

विश्वभर, आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५.६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ ।

डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ ।

चीनमा सन् १९९० यता आत्महत्याका कारण हुने मृत्यु दरमा करिब ६४.१ प्रतिशतले घटेको छ । तर जिम्बाबेमा आत्महत्याका घटना झण्डै दोब्बरले वृद्धि भएको छ ।-रासस/एएफपी

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ५० बजे

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’

मोरङ– सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह

राजतन्त्र ल्याउँछु भन्नु असम्भव : उपमहासचिव पोखरल

कटारी– नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा