बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिन्छ- मन्त्री गिरी « Khabarhub

बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिन्छ- मन्त्री गिरी


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा-  प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले शुक्रबार खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उनले भने, ‘‘यस प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग पुग्ने छ । ”

मन्त्री गिरीले भनेऽ “संसारकै सर्वश्रेष्ठ गन्तव्य मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले मानसरोवरमा आस्था राख्ने छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको छ ।”

उनले बाँके र बर्दियालाई आर्थिक पर्यटन क्षेत्रको प्याकेजको रूपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताए ।

घरेलु तथा साना उद्योग प्रवद्र्धन र उत्पादन बजारीकरणका लागि मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष समरबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ३४ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ