नेकपाका सांसदले गरे घरभाडा नलिने घोषणा  | Khabarhub Khabarhub

नेकपाका सांसदले गरे घरभाडा नलिने घोषणा 


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही-  प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् ।

माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना रु १५ हजार बुझ्दै आएका थिए ।

भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा भाडा नलिने जानकारी गराएका हुन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायत सांसद भाडामा बस्दै आउनुभएको छ । यसअघि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि सङ्कलन गरी कोषका रूपमा राखिने सांसद ढकालले बताए ।

भाडाका विषयमा काङ्ग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन् । सतासी सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ११ : ४३ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ