बिग बास लिगमा आज ब्रिसबानेविरुद्ध खेल्दै मेलबर्न, सन्दीप खेल्ने पक्का ? « Khabarhub

बिग बास लिगमा आज ब्रिसबानेविरुद्ध खेल्दै मेलबर्न, सन्दीप खेल्ने पक्का ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिगमा आज (शुक्रवार) नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको टीम मेलबर्न स्टारर्स ब्रिसबाने हिटविरुद्ध खेल्दै छ । ब्रिसबाने क्रिकेट मैदानमा दिउँसो ३ः२५ बजे शुरु हुने खेलमा लेगस्निपर सन्दीप मेजर ११ मा पर्ने संभावना बलियो छ ।

यसअघि सन्दिपकाे स्थानमा खेलिरहेका पेश बलर लियम पुङ्कीट मेजर ११ मा नपरेसँगै शुक्रवारकाे खेलमा सन्दिपकाे संभावना बलियाे बनेकाे हाे ।

मेलबर्न स्टारर्सबाट ४ खेल खेलेका लामिछानेले यसअघि ८ विकेट लिएका थिए । बिग बासको तीन चरणका खेल सकिँदा लामिछाने सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा थिए ।

जनवरी १ मा अस्ट्रेलियाबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सरबाट खेल्न बंगलादेश पुगेका सन्दीप जनवरी २५ देखि यूएईमा शुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी भएका थिए ।

यूएईविरुद्धको श्रृङ्खलामा २—१ को जीत निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको थियो भने सन्दीप यूएईबाट सिधै बीबीएलका लागि अस्ट्रेलिया उडेका थिए ।

मेलबर्नमामा लामिछानेको स्थानमा आएका इङ्ल्यान्डका पेश बलर लियम पुङ्कीटले ८ खेलमा १२ विकेट लिएका छन् ।

अब दुई खेलमा लगातार जीत निकाल्न सके मेलबर्न बीबीएलको नकआउट चरणमा पुग्ने छ । सन्दीप मेलवर्नको सुरुवाती खेलमा पहिलो रोजाइमा परेका थिए । तर, बंगलादेशमा भने उनी केही खेलमा बेञ्चमा बस्नु परेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : १६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा