भेनेजुएलाबारे ओली- प्रचण्डको कुरा बाझिएपछि संसद्‍मा कांग्रेसको प्रश्न : कसले भनेको पत्याउने ? « Khabarhub

भेनेजुएलाबारे ओली- प्रचण्डको कुरा बाझिएपछि संसद्‍मा कांग्रेसको प्रश्न : कसले भनेको पत्याउने ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे सरकारको धारणा माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विषेश समयमा कांग्रेस सांसद डिला संग्रौला र भिमसेनदास प्रधानले भेनेजुएलाको राजनीतिक संकटबारे सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री ओलीले फरक–फरक धारणा सार्वजनिक गरेपछि कांग्रेसले कसको धारणा पत्याउने भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।

सांसद प्रधानले बैठकमा भने, ‘भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक धारणा हो ? हामीले कस्ले भनेको पत्याउने ? त्यसबारे सरकारको धारणा के हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्यो ।’

भेनेजुएलाबारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको धारणाले राजनीति तरंगित बनेका बेला संसदमा समेत यो विषय प्रवेश गरेको हो ।

बुधबार प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा प्रचण्ड चिप्लिएको बताएका थिए भने विहीबार मात्र प्रचण्डले कसले के भनो भन्नु भन्दा पनि सचिबालयले के निर्णय गर्‍यो भन्ने महत्तवपूर्ण भएको बताएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : ३१ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित