गाउँमा एउटा पनि पुरुष छैनन्, तर गर्भवती हुन्छन् महिला ! « Khabarhub

गाउँमा एउटा पनि पुरुष छैनन्, तर गर्भवती हुन्छन् महिला !


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ ।

नेपालमा यस्तो गाउँबारे कसैले कल्पना नै गर्न सक्दैनन् । तर, केन्यामा भने यस्तो गाउँ छ । यो गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिलामात्रै रहने यो गाउँ अफ्रिका महादेशकै एक मात्र गाउँ भएको बताइन्छ ।

यो गाउँ बस्नु पछाडि एउटा ठूलो इतिहास लुकेको बताइन्छ । केन्याको समबुरु भन्ने इलाकामा पर्ने उमोजा गाउँमा शुरुवातमा १५ जना मात्रै महिला बस्थे । २८ वर्ष अगाडि सन् १९९० मा वेलायती सेनाका जवानले बलात्कार गरेका १५ महिलालाई लगेर यो गाउँमा छाडिएको थियो ।

पछि यो गाउँमा अन्य पुरुषबाट पीडित भएका महिलाहरु बस्नका लागि आउन थाले । पुरुषबाट हिंसामा परेका, बलात्कृत भएका, वाल विवाह भएका महिलाहरु आउन थालेपछि यहाँ बस्ने महिलाको संख्या पनि बढ्दै गयो ।

अहिले याे गाउँमा करिब ३ सयकाे संख्यामा महिलाहरु बस्न थालेका छन् । यो गाउँका महिलाहरुले कडा नियम पनि बनाएका छन्, गाउँमा कुनै पनि पुरुषलाई छिर्न नदिने ।

जीविकोपार्जनका लागि यहाँका महिलाले पेशा व्यवसाय पनि गरिरहेका छन् । यो गाउँका महिलाले प्राथमिक विद्यालय, सांस्कृतिक केन्द्र, सामबुरु नेशनल पार्क देख्न आउने पर्यटकका लागि क्याम्पिङ साइट सञ्चालन गरेका छन् ।

उनीहरुले त्यहाँ आउने पर्यटकबा शुल्क उठाएर आफ्नो जीविका चलाउने गर्छन् । साथै यहाँका महिला परम्परागत गहनाहरु बनाएर पनि बेच्ने गर्छन् ।

सबैभन्दा रोचक र अनौठो कुरा के छ भने यो गाउँमा पुरुषलाई प्रवेश गरिएपनि महिलाहरु भने गर्भवती भइरहेका हुन्छन् । उनीहरु राति भएपछि छिमेकी गाउँमा गएर मन परेका पुरुषहरुसँग शारीरिक सम्पर्क राख्छन् । अर्को गाउँका पुरुषसँग शारीरिक सम्पर्क राखेर गर्भवती भएका महिलाहरु बच्चा जन्माएर तिनको पालन पोषण पनि एक्लै गर्छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : ५८ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको