गाउँमा एउटा पनि पुरुष छैनन्, तर गर्भवती हुन्छन् महिला ! « Khabarhub

गाउँमा एउटा पनि पुरुष छैनन्, तर गर्भवती हुन्छन् महिला !


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ ।

नेपालमा यस्तो गाउँबारे कसैले कल्पना नै गर्न सक्दैनन् । तर, केन्यामा भने यस्तो गाउँ छ । यो गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिलामात्रै रहने यो गाउँ अफ्रिका महादेशकै एक मात्र गाउँ भएको बताइन्छ ।

यो गाउँ बस्नु पछाडि एउटा ठूलो इतिहास लुकेको बताइन्छ । केन्याको समबुरु भन्ने इलाकामा पर्ने उमोजा गाउँमा शुरुवातमा १५ जना मात्रै महिला बस्थे । २८ वर्ष अगाडि सन् १९९० मा वेलायती सेनाका जवानले बलात्कार गरेका १५ महिलालाई लगेर यो गाउँमा छाडिएको थियो ।

पछि यो गाउँमा अन्य पुरुषबाट पीडित भएका महिलाहरु बस्नका लागि आउन थाले । पुरुषबाट हिंसामा परेका, बलात्कृत भएका, वाल विवाह भएका महिलाहरु आउन थालेपछि यहाँ बस्ने महिलाको संख्या पनि बढ्दै गयो ।

अहिले याे गाउँमा करिब ३ सयकाे संख्यामा महिलाहरु बस्न थालेका छन् । यो गाउँका महिलाहरुले कडा नियम पनि बनाएका छन्, गाउँमा कुनै पनि पुरुषलाई छिर्न नदिने ।

जीविकोपार्जनका लागि यहाँका महिलाले पेशा व्यवसाय पनि गरिरहेका छन् । यो गाउँका महिलाले प्राथमिक विद्यालय, सांस्कृतिक केन्द्र, सामबुरु नेशनल पार्क देख्न आउने पर्यटकका लागि क्याम्पिङ साइट सञ्चालन गरेका छन् ।

उनीहरुले त्यहाँ आउने पर्यटकबा शुल्क उठाएर आफ्नो जीविका चलाउने गर्छन् । साथै यहाँका महिला परम्परागत गहनाहरु बनाएर पनि बेच्ने गर्छन् ।

सबैभन्दा रोचक र अनौठो कुरा के छ भने यो गाउँमा पुरुषलाई प्रवेश गरिएपनि महिलाहरु भने गर्भवती भइरहेका हुन्छन् । उनीहरु राति भएपछि छिमेकी गाउँमा गएर मन परेका पुरुषहरुसँग शारीरिक सम्पर्क राख्छन् । अर्को गाउँका पुरुषसँग शारीरिक सम्पर्क राखेर गर्भवती भएका महिलाहरु बच्चा जन्माएर तिनको पालन पोषण पनि एक्लै गर्छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : ५८ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको