फ्राइडे रिलिज : ‘समर लभ’ ले सोलो रिलिजको फाइदा उठाउला ? « Khabarhub

फ्राइडे रिलिज : ‘समर लभ’ ले सोलो रिलिजको फाइदा उठाउला ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २५ अर्थात् आज शुक्रवारदेखि नेपाली सिनेमा हलमा चलचित्र ‘समर लभ’ सोलो रिलिज हुँदैछ । लेखक सुबिन भट्टराईको उपन्यासमा आधारित यो फिल्ममा एक जोडीको प्रेमकथालाई देख्न सकिन्छ ।

यो फिल्मले सोलो रिलिजको मौका पाएपनि हलमा गत हप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘सयकडा दश’ र ‘रणवीर’ को पनि प्रदर्शन भइरहेका छन् । यी बाहेक हिन्दी र अङ्ग्रेजी पनि फिल्मले पनि केही शो ओगटेका छन् ।

फिल्म ‘समर लभ’ मा आशिष पिया र रेवती क्षेत्रीले उपन्यासका मुख्य पात्र अतीत र सायाको भूमिका निभाएका छन् । यो बाहेक फिल्ममा सुस्मिताको भूमिका कलाकार नम्रता सापकोटाले निभाएकी छिन् ।

यी कलाकारका अलावा शिशिर भण्डारी, सरोज खनाल, सुरजसिंह ठकुरी, ओम प्रतीक लगायतले फिल्ममा अभिनय गरेका छन् ।

सुबिन भट्टराईको कथा रहेको यो फिल्ममा स्किृप्ट सामीप्यराज तिमल्सेनाको रहेको छ भने संवादलाई सुबिन भट्टराई र सामीप्यराज तिमल्सेनाले लेखेका हुन् ।

मुस्कान ढकालको निर्देशन रहेको यो फिल्ममा सञ्जय लामाको डीओपी, एलिस कार्कीको पाश्र्वध्वनि तथा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ ।

चलचित्र हेरेका दर्शकले अभिनेता आशिष पिया र रेवती क्षेत्रीको कामको तारिफ गरिरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : २८ बजे

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?