साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक « Khabarhub

साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला नेपालका हलहरु सुक्खा छन् । जाडो बढेकाले पनि हल पुगेर फिल्म हेर्ने दर्शकमा केही कमी आएको भन्दै फिल्मकर्मीले चित्त बुझाएका छन् । हलमा गतहप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ले राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

आज शुक्रवार रिलिज भएको फिल्म ‘समर लभ’ ले पनि खासै भयंकर ओपनिङ गर्न सकिरहेको छैन । यद्यपि यो फिल्म चल्छ कि भन्ने आशा गरिएको छ ।

यता इन्टरनेट प्रयोगकर्ताले भने युट्युबमा दक्षिण भारतीय फिल्मलाई हिट बनाइदिएका छन् । युट्युबका नेपालको ट्रेन्डिङमा केही दिनदेखि दक्षिण भारतीय फिल्म युट्युबको नम्बर एक ट्रेन्डिङमा परेको छ ।

फिल्मका पोस्टरहरू

नेपालको नम्बर एक ट्रेन्डिङमा फिल्म ‘नम्बर एक दिलवाला’ छ । यो एक्सन फिल्ममा राम पोथीनेनी मुख्य भूमिकामा छन् । नेपालमा पनि यी अभिनेताका फ्यान छन् ।

युट्युबको ट्रेन्डिङमा दक्षिण भारतीय फिल्म ‘गुरु २’, ‘जंगल २’, ‘आखिरी बाजी’ लगायतका फिल्म पनि नेपालको युट्युब ट्रेन्डिङमा हिट छन् ।

यता हलमा भने नेपाली फिल्मले भने हलसम्म दर्शक तान्न सकेका छैनन् । यतिसम्म कि, राम्रो प्रतिक्रिया पाएका फिल्मले समेत हलमा दर्शक पाएनन् ।

यता युट्युबमा भने केही नेपाली फिल्म युट्युबको ट्रेन्ङिङमा भारतीय फिल्मको पछिपछि छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : १४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने