इटालियन ब्रान्ड नक्कल गरेको अभियोगमा चुइगम उद्योगी पक्राउ « Khabarhub

इटालियन ब्रान्ड नक्कल गरेको अभियोगमा चुइगम उद्योगी पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा । प्रहरीले इटालियन चुइगम कम्पनी परफेटी भेन इटलीको ब्रान्ड चोरेर नेपालमा उद्योग चलाएको भन्दै वीरगंजका उद्योगी निरञ्जन अग्रवाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अग्रवाललाई बिहीवार दिउँसो आदर्शनगरस्थित नेपाली चुइगम उद्योगबाट नै पक्राउ गरेको हो । अग्रवालले आफ्नो उद्योग स्वीट मार्ट इण्डष्ट्रिज प्रालिबाट ‘सेल्टर फ्रुट’ उत्पादन गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार, अग्रवालको उद्योगले उत्पादन गर्ने सेल्टर फ्रुट ब्रान्डको चुइगमको रेपरमा इटालियन कम्पनीको भारतमा दर्ता रहेको परफेटी भेन मेले इन्डियाले उत्पादन गर्ने सेन्टर फ्रुट ब्रान्डको चुइगमको रेपर र मोनोग्राम नक्कल गरेको अनुसन्धानबाट खुलेको छ ।

अग्रवाललाई ब्रान्डको नक्कल र प्रतिलिपि अधिकार चोरीको अभियोगमा बौद्धिक सम्पत्ति चोरीको मुद्दा दायर गर्ने प्रहरीले बताएको छ । निरञ्जन अग्रवाल वीरगंजबाट पिंकी सुपारी उत्पादन गर्ने अरविन्द उद्योग प्रालिका तत्कालिन सञ्चालक हुन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ३ : १२ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा