धुर्मुस–सुन्तलीले मलेसिया पुगेर क्रिकेट खेले « Khabarhub

धुर्मुस–सुन्तलीले मलेसिया पुगेर क्रिकेट खेले


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्र्टिय स्तरको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप सहयोग जुटाउन कलाकार तथा अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला मलेसिया छन् । यी दुईले मलेसियामा ‘धुर्मुस–सुन्तली साँझ’ मा क्रिकेट खेलेर हँसाउँदै दर्शकलाई मनोरञ्जन दिएका छन् ।

मलेसियाको उक्त कार्यक्रममा चर्चित लोकगायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भण्डारीले पनि गीत प्रस्तुत गरेका थिए । ‘सीटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ २०७५’ को आयोजना गरिएको यो कार्यक्रम मलेसियाका दुई शहर क्वालालम्पुरको डेवान मारियमेनस्थित सिटी सेन्टर र क्वालालम्पुरको गरिएको थियो भने दोस्रो शो पेनाङ एसटी एन्नी चर्चमा गरिएको थियो ।

दुवै कार्यक्रमबाट दर्शकले मनोरञ्जन लिएका थिए ।

धुर्मुस सुन्तलीले जनाएअनुसार अब फेब्रुअरी १० मा जोहर बारुमा कार्यक्रम हुनेछ ।

चितवनमा झण्डै तीन अर्बको लगानीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली यतिबेला विदेशका विभिन्न शहर पुगेर साथ र सहयोग बटुलिरहेका छन् ।

तस्वीरहरु : ज्ञानेन्द्र कार्की / मलेसिया 

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको