अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट | Khabarhub Khabarhub

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएको छ।

बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावर हाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।  घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन्।

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पावर हाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीनवटा बम विस्फोट भएको प्रहरीको भनाइ छ। बम विस्फोटन गराउने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ५ : २५ बजे

गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो

चितवन– शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसेका दुवै बस

चिनियाँ बैंकहरु संकटमा, कारण के हो ?

काठमाडौँ– सन् १९८० को दशकमा देखिएको संकटका कारण अमेरिकामा एक

भूक्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण

म्याग्दी– म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू तथा

‘वाटरड्रोन’ मार्फत त्रिशूलीमा बेपत्ताको खोजी जारी

काठमाडौँ–   त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको

कारागारमा पानी चुहिँदा कैदीबन्दीलाई समस्या

पर्वत– झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको