एपीएफ फाइनलमा « Khabarhub

एपीएफ फाइनलमा


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी छैटौँ संस्करणको ‘मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को फाइनलमा पुगेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा एपिएफले जापानको रिस्सो युनिभर्सिटीलाई ‘टाइब्रेकर’मा ४–१ गोल अन्तरले पराजित गरेको हो ।
नियमित र थप गरिएको अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरद्वारा गरिएको हो । एपिएफका लागि सुदीप सिखकार, आशीष लामा, राजीव लोप्चान र राजु नगरकोटीले गोल गरेका थिए भने जापानी टिमका तर्फबाट ताकुया हितोमीले मात्र गोल गरेका थिए ।

एपिएफका गोलकिपर नगरकोटी खेलको म्यान अफ दी म्याच भए । उनले रु पाँच हजार र ट्रफी प्राप्त गरे । कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा माघ १५ देखि शुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनको डफिन्स परिवारका बीच सेमिफाइनल हुने छ ।

विजेताले रु सात लाख ५५ हजार र उपविजेताले रु चार लाख पाँच हजार ५५५, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल तथा विधागत रुपमा उत्कृष्ट डिफेन्स, फरवार्ड, गोलकिपर, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको