आमाको नामबाट नागरिकताको माग राख्दै प्रदर्शन « Khabarhub

आमाको नामबाट नागरिकताको माग राख्दै प्रदर्शन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माईतीघर मण्डेलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गरेका हुन् ।

उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको सो विरोध प्रर्दशनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न भन्दै सरकारलाई दवाव दिइएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ३६ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते