नेपाली चेली अस्मिता अमेरिकी सेनामा सेकेण्ड लेफ्टिनेन्ट « Khabarhub

नेपाली चेली अस्मिता अमेरिकी सेनामा सेकेण्ड लेफ्टिनेन्ट


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपालीले सोही छापलाई अझै प्रगाढ बनाउँदै लगेका छन् । अहिले पनि नेपालीहरु भारत, बेलायत, अमेरिकालगायतका सम्पन्न राष्ट्रको सुरक्षार्थ तैनाथ हुने गरेका छन् ।

पछिल्लो समय नेपाली जवानहरु उच्च ओ‌हदामा पनि पुग्ने गरेका छन् । यसैको एक उदाहरण हुन नेपाली चेली अस्मिता गुरुङ । उनी अमेरिकी सैनिकको उच्च ओहदामा पुगेकी छन् । स्याङ्जाकी अस्मिता अहिले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छन् ।

स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी उनले आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन । अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी थिइन भने सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन। कक्षा १२ को अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् ।

अमेरिकामा रहँदा उनले टेक्सासमा ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्नातक गरिन । त्यसपछि उनी विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्ट बनिन । उनले ९ मे २०१९ मा सपथ पनि लिइसकेकी छन् । उनका बुबा आइसबहादुर भारतीय सेनाबाट अबकास भएका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १ : ५६ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन