प्रधानमन्त्री रोजगार कार्यक्रम– तीस युवालाई रोजगारी | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम– तीस युवालाई रोजगारी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा–पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ ।

बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको हो । यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए ।

गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मका लागि मोटरबाटो स्तरोन्नत्तिका लागि रु चार लाख रकम विनियोजन गरी काम थालिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिए ।

उक्त कार्यक्रममार्फत सडक स्तरोन्नत्ति, साना/साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा गर्न १८ वर्ष देखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने भएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ३९ बजे

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित