राजधानीमा २ पुस्तक विमोचन « Khabarhub

राजधानीमा २ पुस्तक विमोचन


२५ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलको जीवनीमा आधारित पुस्तक ‘आँखाका मणि: प्रा.डा. रामप्रसाद पोखरेल’ र ‘महायोगी अद्वैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम’ नामक दुई पुस्तकको विमोचन गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पुस्तकको विमोचन गरिएको हो ।

प्रा.डा. रामप्रसाद पोखरेल अभिनन्दन ग्रन्थ प्रकाशन समितिले आयोजना गरेको कार्यक्रममा महायोगी अद्वैत पाइलटबाबाको चर्चा गरिएको थियो । यस्तै कार्यक्रममा प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलले आँखाको उपचारमा पु–याएको योगदानको पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले प्रा.डा. रामप्रसाद पोखरेलले पु–याएको योगदानको चर्चा गरे । उनले पोखरेललाई ‘आँखाको मणि’ का रुपमा तुलना गरे ।

कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलले आफूले बिरामीको आँखाको उपचार गर्दा शुरुमा नेपालमा पर्याप्त साधनसमेत नभएको स्मरण गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजाल, लगायतको उपस्थिति थियो । सोभना पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ३ : ३७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस