राजधानीमा २ पुस्तक विमोचन « Khabarhub

राजधानीमा २ पुस्तक विमोचन


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलको जीवनीमा आधारित पुस्तक ‘आँखाका मणि: प्रा.डा. रामप्रसाद पोखरेल’ र ‘महायोगी अद्वैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम’ नामक दुई पुस्तकको विमोचन गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पुस्तकको विमोचन गरिएको हो ।

प्रा.डा. रामप्रसाद पोखरेल अभिनन्दन ग्रन्थ प्रकाशन समितिले आयोजना गरेको कार्यक्रममा महायोगी अद्वैत पाइलटबाबाको चर्चा गरिएको थियो । यस्तै कार्यक्रममा प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलले आँखाको उपचारमा पु–याएको योगदानको पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले प्रा.डा. रामप्रसाद पोखरेलले पु–याएको योगदानको चर्चा गरे । उनले पोखरेललाई ‘आँखाको मणि’ का रुपमा तुलना गरे ।

कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलले आफूले बिरामीको आँखाको उपचार गर्दा शुरुमा नेपालमा पर्याप्त साधनसमेत नभएको स्मरण गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजाल, लगायतको उपस्थिति थियो । सोभना पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ३ : ३७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल