यसकारण सलमान लगाउँछन् कालो कपडा « Khabarhub

यसकारण सलमान लगाउँछन् कालो कपडा


२५ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–यतिबेला भारतीय अभिनेता सलमान खानको फिल्म भारतले रेकर्ड तोडेर कमाइ गरिरहेको छ ।

भारत फिल्मले पहिलो दिनको कमाइमा रेकर्ड राखेको छ । सलमानको यसअघि चलेका फिल्म भन्दा भारतले पहिलो दिन धेरै कमाइ गरेको हो ।  सलमानले बनाएको अधिकांश जसो फिल्मले राम्रो कमाइ गरिरहेका कारण उनी सदावाहर अभिनेता हुन् ।

सलमानले अहिलेसम्म विवाह गरेका छैनन् । ५० काटेका सलमानको नाम विभिन्न अभिनेत्रीहरुसँग जोडिने गरेको भएपनि उनको विवाह भने भएको छैन ।

सलमानको कुरा गर्दा उनको केही विषेशता छन् । विइङ हमनको टिसर्ट लगाएर मानतावादी संस्थासमेत चलाएका सलमान खान प्रायः कालो रङको कपडामा देखिन्छन् । जसलाई तपाईले पनि याद गर्नु भएको होला ।

उनी धेरैजसो कालो रङको कपडाहरुमा देखिन्छन् । उनी सधैँ किन कालो रङकै कपडामा देखिन्छन् त ? भनि उनका फ्यानहरुले प्रश्न गर्ने गरेका छन् भने यस बारेमा समाचारहरुपनि सार्वजनिक हुने गरेको छ ।

उनका फेशन डिजाइनर एशले रेबेलोले उनको यो राजको पर्दा खोलिदिएका छन् । उनले केही समय अघि सञ्जालमा प्रश्नोत्तरवाला खेल खेलेका थिए । त्यसैक्रममा एक समर्थले सलमानको कपडा बदल्न आग्रह गरेका थिए ।

उक्त प्रश्नको जवाफमा उनले सलमान खानलाई कालो रङ मात्रै मन पर्ने र उनी सोही रङको कपडा लगाउँन मन पराउने बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ४ : ०९ बजे

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि