नागरिक स्वतन्त्रताको माग गर्दै माईतीघर मन्डलामा खबरदारी « Khabarhub

नागरिक स्वतन्त्रताको माग गर्दै माईतीघर मन्डलामा खबरदारी


२५ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानवअधिकारकर्मी, नागरिक समाजलगायतले संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै राजधानीको माईतीघर मण्डलामा खबरदारी गरेका छन् । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले शनिबार बिहान माईतीघर मण्डलामा भेला भएर नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरे ।

अधिवक्ता ओम प्रकाश अर्यालले लोकतन्त्रलाई खुम्चाउने सरकारको कार्यशैलीको विरोधमा खबरदारी गरिएको बताए । लोकतन्त्रलाई खुम्च्याउने, संविधान, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभूत मुल्य मान्यता विरुद्धमा सरकारले विधेयकहरु ल्याउने काम गरेकाले विरोधमा उत्रनु परेको उनको भनाइ थियो । सरकारले अहिले कानूनको कपटपूर्ण प्रयोग गरिरहेको उनले बताए ।

वरिष्ठ पत्रकार हरिहर विरहीले संविधान कार्यान्वयनमा सक्रिय हुनुपर्ने सरकार स्वयम् नै संविधानलाई घेराबन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भूमिकामा देखिएको बताए । उनले तत्काल संविधान विपरितका कार्य बन्द गर्न चेतावनी पनि दिए । ‘सरकारबाट संविधानले दिएका अधिकारहरु उपभोग गर्न नपाईरहेको अवस्था मात्रै छैन । उनले भने, ‘संविधानलाई ओभरटेक गरेर, हस्तक्षेप गरेर, ऐन बनाएर, विधेयक ल्याएर, संविधानलाई घेराबन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने, हस्तक्षेप गर्ने काम भएको छ । यसलाई बन्द गरियोस् ।’

खबरदारी अभियानमा सहभागी चिकित्सक डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई र डाक्टर बिमला शाक्यले लोकतन्त्रका आधारभूत मुल्य र मान्यतालाई बिर्सेर अधिनायकवादी शैलीमा सरकार हिडेको आरोप लगाए । मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरु सरकारले संविधान विपरित ल्याउन लागेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले बिरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ४ : ४९ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई