नागरिक स्वतन्त्रताको माग गर्दै माईतीघर मन्डलामा खबरदारी « Khabarhub

नागरिक स्वतन्त्रताको माग गर्दै माईतीघर मन्डलामा खबरदारी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानवअधिकारकर्मी, नागरिक समाजलगायतले संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै राजधानीको माईतीघर मण्डलामा खबरदारी गरेका छन् । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले शनिबार बिहान माईतीघर मण्डलामा भेला भएर नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरे ।

अधिवक्ता ओम प्रकाश अर्यालले लोकतन्त्रलाई खुम्चाउने सरकारको कार्यशैलीको विरोधमा खबरदारी गरिएको बताए । लोकतन्त्रलाई खुम्च्याउने, संविधान, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभूत मुल्य मान्यता विरुद्धमा सरकारले विधेयकहरु ल्याउने काम गरेकाले विरोधमा उत्रनु परेको उनको भनाइ थियो । सरकारले अहिले कानूनको कपटपूर्ण प्रयोग गरिरहेको उनले बताए ।

वरिष्ठ पत्रकार हरिहर विरहीले संविधान कार्यान्वयनमा सक्रिय हुनुपर्ने सरकार स्वयम् नै संविधानलाई घेराबन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भूमिकामा देखिएको बताए । उनले तत्काल संविधान विपरितका कार्य बन्द गर्न चेतावनी पनि दिए । ‘सरकारबाट संविधानले दिएका अधिकारहरु उपभोग गर्न नपाईरहेको अवस्था मात्रै छैन । उनले भने, ‘संविधानलाई ओभरटेक गरेर, हस्तक्षेप गरेर, ऐन बनाएर, विधेयक ल्याएर, संविधानलाई घेराबन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने, हस्तक्षेप गर्ने काम भएको छ । यसलाई बन्द गरियोस् ।’

खबरदारी अभियानमा सहभागी चिकित्सक डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई र डाक्टर बिमला शाक्यले लोकतन्त्रका आधारभूत मुल्य र मान्यतालाई बिर्सेर अधिनायकवादी शैलीमा सरकार हिडेको आरोप लगाए । मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरु सरकारले संविधान विपरित ल्याउन लागेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले बिरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ४ : ४९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा