मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारले यसरी बनाए मानव साङ्लो (फोटो फिचर) | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारले यसरी बनाए मानव साङ्लो (फोटो फिचर)


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले मानव साङ्लो बनाउदै प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार दिउँसो ३ बजेदेखि ४ घण्टासम्म राजधानी काठमाडौंको बबरमहलमा पत्रकारहरु भेला भएर एकअर्काको हात समाएर मानव साङ्लोसहितको प्रर्दशन गरि मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् ।

प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार सहभागिता रहेको थियो ।आँखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । पत्रकारहरुको मानव साङलो बबरमहलदेखि नयाँ बानेश्वरसम्म पुगेको थियो । मानव साङ्लो कार्यक्रममा पत्रकार महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार गृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले वेवास्ता गरेकाले आफुहरु स्वतन्त्र प्रेसका लागि सडक संघर्षमा उत्रनु परेको बताए । स्वतन्त्र प्रेसका लागि विगतमा पनि अन्तर्राष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्र्दभ उल्लेख गर्दै उनले आवश्यक परे अहिले पनि बोलाईने चेतावनी दिए ।

प्रेसलाई अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै संचारकर्मी, मानवअधिकारकर्मीलगायतले विरोध गर्दे आएका छन् । पत्रकार महासंघले विधेयकको विरोधमा चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ६ : २२ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय