वैदेशिक रोजगारीमा जाने युवामा बाँझोपनको समस्या–डा. रिजाल « Khabarhub

वैदेशिक रोजगारीमा जाने युवामा बाँझोपनको समस्या–डा. रिजाल


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले नेपालमा उपचार गरेर पनि सन्तान नभएका दम्पतीको लागि सरोगेसी गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपालमा सरोगेसीको व्यवस्था नहुँदा धेरै दम्पतीले सन्तानको सुख नपाएकालाई सन्दर्भ सन्तान सुखको अधिकार दिन सरोगेसी गर्न पाउने व्यवस्था गरिनुपर्ने उनले बताए ।

‘उपचार सेवाबाट पनि सन्तान सुख नपाएका दम्पत्तिलाई सन्तान खुसीको अधिकार दिन अब हामीले सरोगेसीको लिगल डकुमेन्ट बनाएर, नेपालीले नेपालीको लागि सरोगेसीको व्यवस्था गरिनुपर्छ’ डा रिजालले भने ।

सरोगेसी भनेको पाठेघर नै नभइ सन्तान जन्माउन नसक्ने अवस्थामा अन्य महिलाको कोखमार्फत सन्तान जन्माउनु हो । नेपालमा केही वर्ष अघि सरोगेसीद्वारा सन्तान जन्माउने दम्पत्तिहरू थिए । तर यो व्यवस्थाले विदेशीले समेत नेपालका महिलाहरूको कोख भाडामा लिने कार्य बढेपछि सर्वोच्चले नै नेपालमा सरोगेसी गर्न नपाइने फैसला गरेको थियोे ।

फर्टिलिटी सोसाइटी अफ नेपालको आयोजनामा काठमाडौ मा भएको एक कार्यममा संस्थाका अध्यक्ष समेत रहेका डाक्टर रिजालले नेपालमा निसन्तानको समस्यामा रहेका दम्पतीको संख्या १२ देखि १५ प्रतिशत रहेको बताए । र, धेरैलेउपचारबाट पनि सन्तान सुख प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

डा रिजालका अनुसार ३३ प्रतिशत महिला र ३३ प्रतिशत पुरूष र ३३ प्रतिशत महिला पुरूष दुबैमा हुने प्रजनन समस्याका कारण दम्पत्ति निसन्तान हुने गरेका छन् । महिलाहरूमा पाठेघर र नलिमा हुने समस्याका कारण सन्तान नहुने सम्भावना हुन्छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने पुरूषहरूमा उच्च तापक्रमका कारण शुक्रकिट उत्पादनमा हुने समस्याले नेपालमा बाझोपन बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । डा रिजालका अनुसार विदेशमा काम गर्ने पुरूषमा उच्च तापक्रमले गर्दा शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमी आउने गरेको छ ।

उनका अनुसार विदेशीने नेपालीको संख्या बढ्दै जानेको हो भने पुरूषमा सन्तान उत्पादन क्षमता अझै घट्न सक्ने देखिएको छ । यस्तै ३५ देखि ४० वर्ष माथिका महिलाहरुमा अण्डाको मात्रा घट्दै जादा बाझोपनको समस्या बढ्ने भएकाले महिलाले ३० वर्ष पुग्नुअघि आमा बन्नु उपयुक्त हुने डा रिजालको भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : २३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा